चौंथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने

लुम्बिनी पिस म्याराथनले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी फागुन १७ गते फागु पूर्णिमाको दिन लुम्बिनीमा चौंथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने जानकारी गराएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुने चांैथो संस्करणको प्रतियोगितामा ३ वटा विधा रहने आयोजकले बताएको छ । फुल म्याराथन ४२ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटर र अर्को ५ किलोमिटरको विधा रहेको छ । म्याराथन प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब २५० जना खेलाडीले भाग लिने आयोजकको दाबी छ । प्रतियोगितामा नेपाल, भारत, चीन, अष्ट्रेलिया, कोरिया र बेलायत लगायतका राष्ट्रका खेलाडीले भाग लिने जनाइएको छ ।
फुल म्याराथनको विजेताले लुम्बिनी अशोक पिस पुरस्कार प्राप्त गर्नेछन् । उक्त पुरस्कारको राशी रु. १ लाख नगदसहित मेडल रहेको छ । म्याराथनमा दोस्रो हुनेले कपिलवस्तु हुएन सान पुरस्कार प्राप्त गर्नेछन् । उक्त पुरस्कारको राशी ७५ हजार नगदसहित मेडल रहेको छ । त्यस्तै, तेस्रो हुनेले मायादेवी गार्डेन उल्थान पुरस्कार प्राप्त गर्नेछन् । उक्त पुरस्कारको राशी ५० हजार नगद सहित मेडल रहेको छ । त्यस्तै हाफ म्याराथन तर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले २५ हजार नगदसहित मेडल पाउनेछन् ।
म्याराथन प्रतियोगिता सिद्धार्थ गौतम बुद्धको रुपमा आप्mनो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हु“दै लुम्बिनीमा टुंगिनेछ । लुम्बिनी पिस म्याराथनका अध्यक्ष विक्रम पाण्डेले लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता भगवान बुद्धले बुद्धत्व प्राप्त गरी आप्mनो जन्मभूमि फर्केको फागु पूर्णिमाको दिन पारेर आयोजना गर्न लागिएको बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest