आङरिता शेर्पाको राष्ट्रिय सम्मानकासाथ अन्तेष्टि

सनराइज सम्बाददाता – हिमचितुवाको नामबाट चिनियका बिश्व प्रसिद्द पर्वतारोही आङरिता शेर्पाको रास्ट्रिय सम्मानकासाथ अन्तेष्टि गरियको छ ।शेर्पाको पार्थिब शरीरमा सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका  थिय । शेर्पाको पार्थिब शरीरलाई शेर्पा गुम्वा बौद्धमा राखिएको थियो भने शेर्पाको राष्ट्रिय सम्मान सहित टेकु दोभानमा बौद परम्परा अनुसार असोज ७ मा अन्तेष्टि गरियको छ ।

 उनको असोज ६ गते बिहान जोरपाटी स्थित छोरीको घरमा निधन भयको थियो । लामो समयदेखि लिभर सिरोसिस र ब्रेनको समस्याबाट थलियका शेर्पा जोरपाटी घरमा बस्दै आयका थिय ।

 सन् १९४८ मा सोलुखुम्बुको थामेमा जन्मेका आङरिताले कृतिम अक्सिजन बिना १० पटक सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि ग्रिनिज बुकमा सबै भन्दा धेरै पटक सगरमाथा चड्ने पहिलो व्यक्तिको नाम लेखाउन सफल भयका थिय ।शेर्पाका ३ छोरा मध्ये जेठो छोराको निधन भयको छ भने १ छोरा अमेरिका बस्दै आयका छन् भने कान्छा छोरा सोलुखुम्बुमा बस्दै आयका छन् ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest