टान अध्यक्षका लागि बास्तोला,सापकोटा र भण्डारी प्रतिस्पर्धामा

स.सम्बाददाता-

 ट्रेकङि एजेन्सजि एशोसएिसन अफ नेपाल (टान) को साउन ३० गते हुन गइरहेको निर्बाचनमा अध्यक्षका लागि निलहरि बास्तोला,राम प्रसाद सापकोटा(कमल) र बोधराज भण्डारी प्रतिस्पर्धामा उत्रियका छन् ।निलहरि बास्तोला र राम प्रसाद सापकोटा (कमल)ले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् भने बोधराज भण्डारीले आफु टान लाई राजनीति बाट मुक्त गराउन स्वतन्त्र रुपले उम्मेदवारी दर्ता गराएको बताउछन । बरिस्ठ उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

निलहरि बास्तोला नेपाली कांग्रेस निकट मानिन्छन भने राम प्रसाद सापकोटा नेकपा माओवादी निकटका हुन् । एस अगी नेकपा एमाले निकट राजेन्द्र सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेता पनि आफुले राम प्रसाद सापकोटा (कमल) लाई समर्थन गरेको बताएका छन् । नेकपा एमाले निकट राष्ट्रिय पर्यटन ब्यबसायी संगठन भने दुइ भागमा बिभाजन भै एक समुहले निलहरि समूह र अर्को समुहले सापकोटा समुहलाई समर्थन गरेको छ ।

बोधराज भण्डारी

 नलिहरी बास्तोला समुहको  बरिस्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल , प्रथम उपाध्यक्षमा प्रदिप पण्डित  , द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ , महासचिबमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्षमा पुरुषोतम तिमिल्सिना , सह कोषाध्यक्षमा छिङ् दोर्जी शेर्पा ,सचबिमा होमनाथ भट्टराई रहेका छन।

त्यस्तै सदस्यमा गणेश बहादुर अधकिारी ,कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा ,सजना त्रिपाठी ,हेम कार्की ,सुबास भण्डारी,राजु अर्याल र राम प्रसाद बन्जाराले उम्मेदवारि दर्ता गराएका छन् ।

गणेश न्यौपाने

रामप्रसाद सापकोटा (कमल) को समुहबाट  वरष्ठि उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल , द्वतिीय उपाध्यक्षमा दावा लामा तामाङ , महासचविमा नरध्वज तामाङ (क्षतिजि) , कोषाध्यक्षमा प्रमिला  देबकोटा पाण्डे , सह कोषाध्यक्षमा रीन्जी जाङ्बु शेर्पा ,सचिबमा हरि कडरियाले  उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सदस्यमा दोर्जे तामाङ , बिनोद वस्ती,राजेश थपलिया ,कान्छा गुरुङ ,निर्मला  सापकोटा खनाल ,कृष्ण बहादुर परियार,रामचन्द्र लामिछाने ,शरण अधिकारी उम्मेदवारी दर्ता गराएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest