हाँडी गाँउको सम्पदा संरक्षणले पर्यटन टेवा पुग्न

स. सम्वाददाता
ऐतिहासिक सम्पदा स्थल हा“डीगाउ“को सम्पदा संरक्षण एवं सम्बद्र्धनका लागि विशालनगर हा“डीगाउ“ सम्पदा समाजले हालै काठमाडौंमा एक गोष्ठिको आयोजना गरेको छ ।
कैलाशकुट भवन राजदरबारको अध्ययन, अनुसन्धान तथा हा“डीगाउ“लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले अयोजित १ दिने गोष्ठिमा उप–प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । गोष्ठिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका साथै पूरातत्वविद् एवं पर्यटन क्ष्ँेत्रका प्रवुद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
गोष्ठिमा संस्कृति तथा पूरातत्वविद् डा. सुदर्शन राज तिवारीले गोष्ठि बारे प्रकाश पार्नु भएको थियो । हा“डीगाउ“ लिच्छवी एवं पूर्व लिच्छवी कालको ऐतिहासिक सम्पदास्थल भएको र कैलाशकुट भवन लगायतका महत्वपूर्ण सम्पदा रहेको र त्यस बारे अध्ययन, अनुसन्धान हुनु पर्ने बताउनु भयो ।
गोष्ठिमा प्रा.डा. दिनेश चन्द्र रेग्मीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्र उपर प्रा.डा. दिनेश राज पन्तले समिक्षा गर्दै नेपाल सरकारले २०७५/०७६ को बजेटमा कैलाशकुट भवनको अनुसन्धानका लागि बजेट छुट्टयाएर सम्पदा संरक्षण कार्यमा महत्वपूर्ण कार्य गरेको बताउनु भयो । गोष्ठिमा हा“डीगाउ“को पर्यटन सम्भावना बारे अनिल चित्रकारले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्र उपर पर्यटनविज्ञ आङछिरिङ शेर्पाले समिक्षा गर्नु भएको थियो ।
गोष्ठिमा पूरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले बोल्दै लिच्छविकालको महत्वपूर्ण सम्पदास्थल हा“डीगाउ“ भएकाले पूरातत्व विभाग त्यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षणमा लाग्ने बताउनु भयो ।
गोष्ठिमा पूरातत्वविद् यज्ञनाथ आचार्य, तारानन्द मिश्र लगायतका व्यक्तिहरुले आ–आप्mनो धारणा राख्नु भएको थियो ।
कामनपा ५ का अध्यक्ष रमेश डंगोलले स्थानियवासिको साथ लिएर सम्पदा संरक्षाणमा लाग्ने बताउनु भयो ।
त्यस्तै ३ नं. प्रदेश सभा सदस्य नारायण सिलवालले हा“डीगाउ“को पर्यटकिय योजना बनाउने कार्य अगाडि बढेको बताउनु भयो ।
गोष्ठिमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सम्पदालाई पर्यटनस“ग जोडेर विकास गरिनु पर्ने बताउनु भयो ।
गोष्ठिका प्रमुख अतिथी उप–प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले हा“डीगाउ“को सम्पदा संरक्षण कार्य प्रारम्भ भएको र यसलाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।
गोष्ठिमा विशालनगर हा“डीगाउ“ सम्पदा समाजका सचिव गणेश श्रेष्ठले संस्थाले गर्दै आएको कार्य बारे प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रमका सभापति रोचक घिमिरेले गोष्ठि सम्पन्न गर्न सहयोग पु¥याउने व्यक्ति एवं संघ संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest