रोयल डेनिस कन्सुलेट कार्यालयको स्थापना

स. सम्वाददाता
नेपालमा रोयल डेनिस कन्सुलेट कार्यालयको स्थापना गरिएको छ । हालै काठमाडौंमा एक समारोहबिच परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र नेपालका लागि डेनमार्कका राजदूत पिटर ज्याक्सोई जेन्सनले रोयल डेनिस कन्सुलेट कार्यालयको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा नेपालका लागि डेनमार्कका बाणिज्यदूत हरी धरेलले स्वागत गर्दै सन् १९६७ को डिसेम्बर १५ बाट नेपाल–डेनमार्कको सम्बन्ध स्थापना भएको बताउ“दै आगामी दिनहरुमा नेपाल–डेनमार्क सम्बन्ध अझ प्रगाढ हुने बताउनु भयो ।
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सम्बोधन गर्नु हु“दै डेनमार्कले नेपालको शान्ति स्थापना एवं विकासका लागि सहयोग गर्दै आएको र आगामी दिनमा दुई देशबिचको सम्बन्ध अझ मजवुत हुने विश्वास व्यक्त गर्नु भयो । डेनमार्कले नेपालको शिक्षा,
स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्द आएको बताउनु भयो । कार्यक्रममा कुटनितिक नियोगका प्रमुख तथा व्यवसायिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नेपालका लागि डेनमार्कका राजदूात पिटर ज्याक्सोई जेन्सनले नेपाल र डेनमार्कको सम्बन्ध सुमधुर रहेको बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest