टानको निर्बाचनमा अध्यक्षका आकाक्षिहरु बढ्दो,सरिता लामा पनि अध्यक्षमा उठ्ने

स.सम्बाददाता –

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) को यही साउन ३० गते हुने निर्बाचनमा अध्यक्षका आकांक्षी हरु बढेका छन् ।

टान वर्तमान कार्यसमितिकी महासचिव सरिता लामाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । तेसो त टानको उपाध्यक्ष रही अनुभब सम्हालेका निलहरि बास्तोलाले धेरै अघि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

टानको चुनावीसरगर्मी बढि रहेको समयमा राजेन्द्र सापकोटा, राम प्रसाद सापकोटा(कमल),बोधराज भण्डारी ले पनि अघ्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पछिल्लो समयमा आयर पर्यटनको राजनीतिक गठबन्धन भत्किन पुगेको छ ।भिटोफ ,एन.एम ए हुदै ठमेल पर्यटन विकास परिषदको निर्बाचन सम्म टिकेको गठबन्धन टानको चुनाबमा आएर भत्किन पुगेको छ ।

निर्बाचन नजिकिय संगै ट्रेकिङ ब्यबसायी हरु नया कार्यसमिति चयनका लागि पार्टीगत रुपमा र स्वतन्त्र रुपमा छलफलमा जुटेका छन् । अध्यक्षको उम्मेदवारी घोषणा गरेका निलहरि बास्तोला कांग्रेस नजिक मानिन्छन भने राजेन्द्र सापकोटा एमाले निकट र राम प्रसाद सापकोटा,सरिता लामा र बोधराज भण्डारी मावोबादी केन्द्र निकटका हुन् । बोधराज भण्डारीले भने आफु कुनै पार्टीको नभई स्वतन्त्र रुपमा अगाडी बढेको र टान ब्यबसायीहरुको संस्था भयकोले राजनीतिक पार्टी र भड्किलो चुनाबको बिपक्षमा रहेको बताउदै आएका छन् । अध्यक्षको उम्मेदवारी घोषणा गरेका प्रत्याशीहरुले चाडै पूर्ण कार्यसमिति तयार गरि घोषणा गर्ने बताएका छन् ।

पर्यटन क्षेत्रमा आवद्ध भएदेखि नै टानसँग सहकार्य गरिरहेको छु । टानको ४१ औं साधारण सभाबाट निर्वाचित कार्य समितिको सदस्य हुँदै अहिले महासचिव छु । टानको विगतलाई नजिकबाट बुझेको छु । टानको वर्तमान अवस्थाको विषयमा सुचित छु र भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउन सक्ने योजनाका साथ टान अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यही साउन ३० गते हुने निर्वाचनमा म र मेरो प्यानलाई आम पर्यटन व्यवसायीले साथ र सहयोग गर्नु हुने ठूलो अपेक्षा छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest