ठमेल पर्यटन विकास परिषदमा नया कार्यसमिति, अध्यक्षमा भविश्वर शर्मा

स.सम्बाददाता-

ठमेल पर्यटन विकास परिषदको  नया कार्यसमिति चयनका लागि भयको निर्बाचनबाट अध्यक्षमा भविश्वर शर्मा निर्बाचित भयका छन् । परिषद्को आईतबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्ष शर्माले अर्का प्रत्यासी धुर्व अधिकारीलाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् ।

भविश्वर शर्मा

अध्यक्ष शर्माले ७७२ मत प्राप्त गरेका थिय भने अर्का अध्यक्षका उम्मेद्वार अधिकारीले ५६८ मत प्राप्त गरेका छन् ।यस्तै, उपाध्यक्षमा शर्मा समूहबाट  सहदेव धमला र प्रश्रय राजभण्डारी तथा अधिकारी समूहबाट गीता गुरुङ निर्वाचित भयका छन्  । महासचिवमा धुव्र अधिकारी समूहबाट राजीव पाण्डे, सचिव र कोषाध्यक्षमा अधिकारी समूहका रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजु निर्वाचित भयका छन् ।

यस्तै सदस्यमा शर्मा समूहबाट चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकारी, लालबाबु चौधरी, पूर्णिमा मालाकार, तेन्जिङ लामा र अधिकारी समूहबाट प्रकाश थपलिया र श्रीकृष्ण थपलिया निर्वाचित भयका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest