युरोपेली आकाशमा नेपाली जहाजले चाडै उडान गर्ने – योगेश भट्टराई

नब नियुक्त  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा पत्रकार माझ पर्यटन क्षेत्रमा भयका सुधार र चालिने कदमका बारेमा जानकारी गरायका छन् /युरोपको आकासमा नेपाली जहाज उडन अब धेरै समय कुर्नु नपर्ने भन्दै  आईकाओले उठाएको सेफ्टी र सुरक्षामा नेपालले ६७ प्रतिशत अंक ल्याई पास भएको भन्दै युरोपको आकासमा नेपाली जहाजले चाडै  उडान गर्नी  मन्त्री भट्टराईले जानकारी दिएका छन । उनले भने, ‘अहिले हामीले ६७ प्रतिशत ल्याएका छौं अव म आए पछि ८० प्रतिशत पुर्याउँछौं ।

त्यसतै मन्त्री भट्टराईले नेपालमै पाईलटहरु उत्पादन गर्न फ्लाईङ स्कुलको समेत निर्माण गर्ने बताएका छन । उनले आगामी दिनमा स्वदेशमै पाइलट उत्पादनका लागि फ्लाइङ स्कुल निर्माण गर्ने बताउँदै कम खर्चमा पढ्न सकिने व्यवस्था गरिने बताएका हुन । जस्का लागि वायुयान कम्पनीहरुसँग सरकारले छलफल गरेर टुङ्गो लगाउने र उक्त स्कुल निर्माणको लागि सरकार र वायुयान कम्पनी दुबैको लगानी रहने समेत उनले जानकारी दिएका छन । साथै उनले आगामी दिनमा नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गर्नको लागि समेत काम अघि बढी सकको जानकारी दिएका छन ।

 प्राधिकरणलाई नियमन निकाय र नियामक निकाय बनाउन सरकारले राय लिनको लागि पत्र समेत सम्वन्धित निकायमा पठाई सकेको भट्टराईले जानकारी दिएका छन । उनले निगमका सबै ग्राउण्डेड जहाज संचालनमा ल्याउन समेत निर्देशन दिइसकेको बताउँदै विमानस्थलमा प्रयोग हुने पुराना गाडीहरु थनक्याउने र नयाँ बस ल्याउनको लागि समेत आफु लागि पर्ने बताएका छन ।

नेपाल  एअरलाइन्सको सुधारका लागि पूर्व पर्यटन सचिब सुसिल घिमेरेको संयोजकमा पाच सदस्य समिति बनेको र समितिको सुझाब पछी कार्य अगाडी बडाइनि बताउनु भयो ।साथै चाडै एक बर्षे कार्ययोजना सार्बजनिक गरिनी जानकारी गराउनु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest