भिटोफ अध्यक्षमा गोपाल थापा निर्बाचित

स.सम्बाददाता –

गाउँ पर्यटन प्रबर्दन मंच ( भिटोफ) नेपालको हिजो सम्पन्न निर्बाचन बाट गोपाल थापा अध्यक्षमा निर्बाचित भयका छन् । कोषाध्यक्ष पदमा सकुन्तला देवकोटा निर्बाचित भईन ।

 निर्वाचनमा अध्यक्ष गोपाल थापाले 303 र कोषाध्यक्ष सकुन्तला देवकोटाले 300 मत प्राप्त गरिन ।

जम्मा मतदाता ५९३ रहेकोमा ४६९ मत खसेको थियो । अध्यक्ष र कोषाध्यक्ष पदमा  क्रमस जस्फा पाण्डे र गौरी उप्रेती प्रतिस्पर्धामा थिय भने उनीहरु पराजित भयका छन् । अन्य पदमा भने निर्बोरोध भयको थियो । निर्बिरोध निर्बाचित प्रथम उपाध्यक्षमा, तारालाल धरेल, दितिय् उपाध्यक्ष नबराज थापा, महासचिव निशेश थापा, सचिव दीपक पाण्डे, सहकोषाध्यक्ष मनोहरी दाहाल र सदस्य हरुमा हरि बहादुर बस्नेत,सृष्टि भण्डारी , सागर आचार्य र सैलेश लामिछाने रहेका छन् ।

यस अघि भयको २४ औ बार्षिक साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब महेश्वर न्यौपानेले गाउँ पर्यटनको प्रबर्दन तथा सफल गाउँ पर्यटन तथा होमस्टे लाई सम्मान गर्नु भयको थियो । मंचले प्रदान गर्ने सुरेंद्रभक्त प्रधानांग गाउँ पर्यटन प्रबर्दन पत्रकारिता पुरस्कार अनलाइन खबरका अच्युत पुरीलाई प्रदान गरियको छ । सुरेंद्रभक्त प्रधानांगले बोल्दै गाउँ पर्यटनबाट मात्र पर्यटन बिकाश सम्भब हुने बताउनु ।सरकारले गाउँ पर्यटनको विकासकालागि बिशेस ध्यान दिनु पर्ने बताउनु भयो । साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब महेश्वर न्यौपानेले बोल्दै कोरोनाले थलियको पर्यटन बिस्तारै उठ्न लागेको र सरकारले गाउँ पर्यटनलाई प्राथमिकता दिने बताउनु भयो ।   

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest