टोनी हेगनको काठमाडौँ भ्याली फोटो पुस्तक बिमोचन

काठमाडौँ –नेपाललाई बिश्व सामु चिनाउन महत्वपूर्ण  योगदान गर्ने टोनी हेगनले सन् १९५० देखि १९६० सम्म काठमाडौँ सेरोफेरोमा खिचेका तस्विरहरुको संगालो टोनी हेगन्स काठमाडौँ भ्याली नामक पुस्तक बिमोचन भयको छ ।

नेपाल सम्पदा समाजले प्रकाशनमा ल्याएको उक्त पुस्तक हालै एक समारोहबीच यूरोपियन यूनिएन राजदूत भेरोनिका कोडी र हेगनकि छोरी कट्रिन हेगनले संयुक्तरुपमा बिमोचन गरेकी हुन् ।राजदूत कोडिले टोनी हेगनले  नेपाललाई बिश्व सामु चिनाउन ठुलो योगदान गरेको चर्चा गरिन ।साथै कट्रिना हेगनले नेपालका सम्पदाहरु मासिदै गयको प्रति चिन्ता ब्यक्त गरिन ।

नेपाल सम्पदा समाजकि अध्यक्ष अम्बिका श्रेष्ठले प्राकृतिक सम्पदा तथा मानब निर्मित सम्पदाहरु पर्यटकीय आकर्षण भयकाले संरक्षणमा ध्यान दिनु पर्ने बताउनु भयो ।समाजकी उपाध्यक्ष प्रतिमा पाण्डेले हेगनले नेपाललाई चिनाउन उनले खिचेका तस्बिरहरु महत्वपूर्ण हुने बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest