पर्वतारोहण पर्यटनको मुख्य आधार –बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल पर्वतारोहण संघको २९ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै पर्बतारोहन पर्यटन क्षत्रको महत्वपूर्ण आधार भयकोले यससंग जोडियका त्यस क्षेत्रका समुदायको संस्कृति, खानपान र संस्कारमा पनि पर्यटन खोजिनुपर्ने बताउनुभयो ।

प्रसिद्द आरोही आङरिता शेर्पालाई चेक हस्तान्तरण गरिदै

साधारणसभामा नेपाली  कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले पर्यटन  विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघिढ्नुपर्ने विचार राख्नुभयो ।पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पदयात्री र पर्वतारोही व्यवसायीले नै दिएको सुझाव अनुसार उद्धार कार्यविधि तयार भएको र कार्यान्वयन प्रक्रियामा रहेको बताउनु भयो  ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा र पर्वतारोहणबीचको संस्थागत सहकार्यलाई अझ  प्रभावकारी बनाएर लैजानु पर्ने  बताउनुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाले स्वागत मन्तब्य राख्दै नेपाल पर्बतारोहण संघलाई थप चुली प्रदान गर्न आग्रह गर्नु भयो ।

साधारणसभामा गत आर्थिक वर्षमा संघअन्तर्गतका चुलीहरुको सर्वाधिक  आरोहण अनुमति जारी गर्ने १० उत्कृष्ट ट्रेकिङ कम्पनी सदस्यलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रममा संघले बार्षिक रुपमा प्रदान गर्दै आयको डा हर्क गुरुङ पर्वतीय पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी स्व आङ्छिरिङ शेर्पा र कुमार खड्ग विक्रम साहसिक पुरस्कार अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुम शेर्पालाई प्रदान गरेको छ ।त्यसैगरी दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय जुली गुरुङ र भरतबन्दु थापालाई प्रदान गरियको छ ।

साधारण सभाका अबसरमा प्रसिद्द आरोही आङरिता शेर्पा र प्रसीक्षिक आरोही ल्हाक्पा शेर्पालाई एक लाख नगदबाट सम्मान गरियको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest