डा. प्रधानांङ्गलाई बिज्ञ सदस्य सम्मान

स. सम्बाददाता –

गाउँ पर्यटन अवधारणाका जन्मदाता डा.सुरेन्द्रभक्त प्रधानांङ्गलाई बिज्ञ सदस्य सम्मान गरिएको छ ।जेष्ठ आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औ बार्षिक साधारण सभामा गाउँ पर्यटन अवधारणाका जन्मदाता डा.सुरेन्द्रभक्त प्रधानांङ्गलाई बिज्ञ सदस्य सम्मान गरेको हो ।

संस्थाले हरेक बर्ष कुनै एक क्षत्रमा बिज्ञता हासिल गर्नु हुने सदस्यलाई सम्मान गर्ने योजना अनुरुप यस बर्ष पर्यटन क्षेत्रमा बिज्ञता हासिल गर्नु हुने डा.सुरेन्द्रभक्त प्रधानांङ्गलाई बिज्ञ सदस्य सम्मान  गरेको संस्थाका प्रमुख कार्यकारी संचालक हेम बहादुर कार्कीले बताउनुभयो । गाउँ पर्यटनको अवधारणलाई देशको कुना क्न्दरामा पुर्याउन लामो समयदेखि अनबरत लागि रहनुभएका नेपालको ग्रामिण पर्यटनका अग्रज एबम अभियन्ताको रुपमा परिचित  डा.सुरेन्द्रभक्त प्रधानांङ्गलाई उहाँको काम प्रति उच्च सम्मान गर्दै बिज्ञ सदस्य सम्मान २०७९ द्वारा सम्मान गर्न पाउदा खुशी लागेको कुरा सभामा ब्यक्त गर्नु भयो ।

 डा.सुरेन्द्रभक्त प्रधानांङ्गले बोल्नु हुदै यो सम्मान आफ्नु मात्र नभएर सबै शेयर धनि महानुभाब तथा नेपाली जनताहरुको हो भन्नुभयो । सभामा नेफ्स्कुनका प्रमुख अतिथि परितोष पौडेलले सहकारीको महत्व बारे प्रकाश पार्नु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest