टान अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

खुमबहादुर सुबेदी

 ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को४१ औ साधारण सभाबाट नया कार्यसमिति चयन भयको छ ।साधारणसभा संगै भयको निर्बाचनबाट  अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । निर्वाचनमा खुम बहादुर  सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने अध्यक्षका अर्का प्रत्यासी अन्जन  थापाले ४३८ मत प्राप्त गरेका थिय । महासचिवमा भने थापा समुहकी सरिता लामाले  १३। मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै  बिजयी भएकी छिन। नयाँ कार्यसमितिको अन्य पदभने मिश्रित आएको छ ।

निर्बाचन पछी नया कार्यसमिति

नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा बिजयी भयका छन् । सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला सदस्यमा भने थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बिर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest