टान अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

खुमबहादुर सुबेदी

 ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को४१ औ साधारण सभाबाट नया कार्यसमिति चयन भयको छ ।साधारणसभा संगै भयको निर्बाचनबाट  अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् निर्वाचनमा खुम बहादुर  सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने अध्यक्षका अर्का प्रत्यासी अन्जन  थापाले ४३८ मत प्राप्त गरेका थिय । महासचिवमा भने थापा समुहकी सरिता लामाले  १३। मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै  बिजयी भएकी छिन। नयाँ कार्यसमितिको अन्य पदभने मिश्रित आएको छ ।

निर्बाचन पछी नया कार्यसमिति

नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा बिजयी भयका छन् । सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला सदस्यमा भने थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बिर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest