टान निर्बाचनमा अन्जन थापा(कुमार) र खुम सुबेदी प्यानलबीच प्रतिस्पर्धा हुने

आगामी सेप्टेम्बर 6 तारिक तदनुसार भाद्र २०  २०१९ मा हुने पदयात्रा ब्यबसायीहरुको छाता संगठन ट्रेकिंग एजेंसिज ए शोसिएसन् अफ नेपाल टानको निर्वाचनमा अन्जन थापा (कुमार) र खुमबहादुर  सुबेदी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

अन्जन थापा (कुमार) को प्यानल

भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनको लागि अञ्जन थापा (कुमार) समुहले सोमवार सामुहिक मनोनयन दर्ता गरेपश्चात एक पत्रकार सम्मेलनको  आयोजना गरी आफ्नो प्रतिवद्धतापत्र सहित निर्बाचनका प्रत्यासी समुह सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार अञ्जन थापा (कुमार) ले आफ्नो समुहको प्रतिवद्धतापत्र सार्वजनिक गरे । थापा समुहको प्रतिवद्धता पत्रमा पदयात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था लागु गर्नको लागी पहल गर्ने,सिधा कर प्रणाली लागु गराउने  लगायत पर्यटन क्षेत्रका विविध क्षेत्रका मुद्दा,समस्याहरुलाई सम्बोधन गर्ने,,सुविधासम्पन्न पर्यटन अस्पताल निर्माण गर्ने लगायतका विषयवस्तुहरु समेटिएका  छन् ।

थापा समुहको प्यानलको  बरिष्ठ उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक बहादुर  खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितले मनोनयन दर्ता  गरेका छन् । त्यस्तै सदस्यहरुमा रघुनाथ पौडेल ,कृष्णगोपाल श्रेष्ठ, ठाकुर सापकोटा,मिंग्मा  शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल , प्रेमबहादुर लामा, रामबहादुर गुरुङ र  श्रीराम अधिकारी,  रहेका छन ।

 तेस्तै भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) निर्वाचनका लागी खुमबहादुर सुबेदी नेतृत्वको प्यानलले पनि मनोनयन दर्ता पश्चात पत्रकार सम्मलेन मार्फत प्रतिबद्धतासहित आफ्नो प्यानल  घोषणा गरेको छ ।

खुमबहादुर सुबेदी प्यानल

सुवेदी प्यानलको बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महसचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिप घिमिरे, कोषाध्यक्षमा रितु ग्याम्दान, र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले, सनम शेर्पा ,केशवप्रसाद दाहाल, सोनाम ग्याल्जेन शेर्पा, कान्छा शेर्पा ,रबिन्द्र महर्जन, तेन्जिंग शेर्पा  र बुद्दकुमारी अधिकारी रहेका छन ।

खुम बहादुर प्यानलले टानका सदस्यहरुको  व्यवस्थापकीय तथा बजारीकरण क्षमता अभिबृद्दि गर्ने ,पदयात्रामा देखियका समस्यालाई निराकरण गर्ने ,टीम्स जारी गर्ने पद्दतिलाई सुधार गर्ने लगायतका बिषयहरु प्रतिबद्दतापत्रमा समेटियका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest