नेशनल लिड चियाम्पियनसीपका खेलाडीलाई पुरस्कार वितरण

शाहसिक तथा पर्यटकीय खेलको प्रचुर संभावना रहेको नेपालमा नेपाल क्लाइम्बिङ्ग स्पोर्ट संघ स्थापना भएदेखि नैं स्पोर्ट क्लाइम्बिङ्ग (वाल क्लाइम्बिङ्ग र रक क्लाइम्बिङ्ग) को क्षेत्रमा विभिन्न कार्यक्रम, तालिम तथा प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपालक्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनले २०७६ भदौ १४ गते शनिबार नेशनल लिड क्लाइम्बिङ्ग चियाम्पियनसिप ठमेलको काठमाडौं स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरमा सम्पन्न गरेको छ ।
नेशनल लिड चियाम्पियनसीपमा ११ जना महिला र ३१ जना पुरुष गरी कुल ४२ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए। कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एंवम माननीय जीवनराम श्रेष्ठले गर्नु भएको थियो ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ क्रमश प्रथम, द्वितीय र तृतीय विजय सुनुवार, तेजिङ्ग राई, प्रनिल श्रेष्ठ , पंचमया तामाङ्ग , स्वस्तिका चौधरी , रुष प्रधान भएका थिए। शिर्ष तिन स्थान हात पार्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि राखेपका उपाध्यक्ष एंवम भर्खरै निर्बिरोध निर्बाचित नेपाल ओलम्पिक कमिटिका सह महासचिव पिताम्बर तिम्सिनाज्यूबाट नगद रु २०,०००।—, १५,०००।—र १०,०००।— , प्रमाण—पत्र तथा मेडल वितरण गर्नु भयो।
प्रतियोगितामा दुई विभागीय टिमको सहभागिता रहको थियो । यी विभागिय टोलीहरुमा नेपाली सेना र नेपाल स्काउटको चारुमती ओपन स्काउट ट्रुप र क्रु रहेका थिए ।
स्पोर्ट क्लाइम्बिङ्ग खेलका मुख्य तिन विधाहरु लिड क्लाइम्बिङ्ग (ीभबम ऋष्mिदष्लन) बोल्डरिङ्ग (द्ययगमिभचष्लन) र स्पीड क्लाइम्बिङ्ग (क्उभभम ऋष्mिदष्लन) मध्ये संघले लिड क्लाइम्बिङ्ग च्याम्पियनसिप गर्न गईरहेको हो । यस प्रतियोगिताको लागि रुट तय गर्न संघले अमेरिकि टेक्निकलअफिसियल कुपर मे लाई नियुक्त गरेको छ भने प्रमुख जुरीमा संघका केन्द्रिय सदस्य तुल्सिङ्ग गुरुङ्गलाई नियुक्त गरिएको छ। प्रतियोगीतामा विजयी हुने खेलाडीलाई पहिलो प्राथमिकतामा राखीअब ६महिना भित्र हुने कुनै पनिअन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिईनेछ । प्रतियोगिताको अनुमानित लागत रु ८ लाख ७५ हजार रहेको छ ।
। स्पोर्ट क्लाइम्बिङ्ग ओलम्पिक अफिसियल खेल हो। जापानमा सन् २०२० मा हुने टोक्यो ओलम्पिकमा यो खेल पनि समावेश गरिएको छ । यस्तै, सन् २०२४ को पेरिस ओलम्पिकमापनि यो खेल समावेश भईसकेको छ। अघिल्लो वर्ष इन्डोनेसियाको जाकार्ता र पालेम्वाङमा आयोजित एसियाडमा पनि स्पोर्ट क्लाइम्बिङ्गमा नेपाली खेलाडीहरुले जुझारु प्रदर्शन गरेका थिए ।
नेपालको भुगोल सुहाउँदो यो खेलको संभावना प्रशस्तै रहेपनि संघको सिमित साधन स्रोतकाकारण आशातित परिणाम हात पार्न सकिएको छैन । सरकार, निजि क्षेत्र, सार्वजनिक संस्थान, संचार माध्यम, खेलाडी र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहकार्यबाट द्रुत गतिमा यो खेलको विकास गर्ने आशासहितको सामथ्र्य संघसँग रहेको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest