टान निर्बाचनमा नेकपाको नौ सदस्यीय कार्यदल

टानको निर्बाचन नजिकिय संगै नेपाल कम्यूनिष्ट पार्टी निकट पर्यटन व्यवसायीहरुको भेलाले निर्बाचनका लागि  नौ सदस्यीय कार्यदल बनाएको छ ।नेकपाका स्थायी समिति सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका ईञ्चार्ज मुकुन्द न्यौपानेले पर्यटन विकासका दीर्घकालिन ठोस योजना बनाउनुपर्ने भन्दै व्यवसायीहरु एक ढिक्का भएर पर्यटन बिकासमा लाग्न सुझाब दिनु भयो ।  नेकपा अन्तर्गत उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका अध्यक्ष कमल सापकोटाकोसमेत उपस्थितिमा  निर्वाचनमा यो वा त्यो नभनी एक ढिक्का भएर लाग्नुको विकल्प नरहेको न्यौपानेको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, सिताराम सापकोटा, चन्द्र रिजाल र वर्तमान अध्यक्ष नवराज दाहालले नेकपा निकट व्यवसायीहरु एक ढिक्का भएर लाग्ने बताउँदै टानको आसन्न निर्वाचनमा नेतृत्वका लागि नेकपा निकट व्यवसायीहरु एक ढिक्का भएर लाग्ने र समग्र व्यवसायीहरुको हितलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बतएका थिया । भेलामा टानको आसन्न निर्वाचनका लागि आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।

भेलाले   कार्यदलमा नवराज दाहाल, भगिरथ सापकोटा, राजेन्द्र सापकोटा, कमल सापकोटा, सिताराम सापकोटा, पूर्ण कुँवर, सिएन पाण्डे, सागर पाण्डे, ठाकुरराज पाण्डे र मदन आचार्य चयन गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest