पोखरामा अन्तर्राष्ट्रिय पर्बत दिबस भव्यताका साथ् सम्पन्न ,पर्वतीय पर्यटनमा योगदान गर्ने सम्मानित

स.सम्बाददाता –

पोखरा स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हातामा अन्तर्राष्ट्रिय पर्बत दिबस मनाईएको छ । ११ डिसेम्बरलाई पर्बत दिवसको रुपमा संसारभर मनाईदै आएको छ । नेपाल पर्वतारोहण संघले पोखरा स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हातामा डिसेम्बर १० र ११ का दिन बिबिध कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय पर्बत दिबस मनाएको छ।

उपराष्ट्रपति नन्द किशोर पुनले बिरुवामा पानि हालेर समारोहको उद्घाटन गर्नुका साथै पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्नु हुने व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेपालको पर्यटन बिकासमा पर्वतीय पर्यटनको अहम भूमिका रहेको र यसको प्रबर्दनमा नेपाल पर्वतारोहण संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै नेपालमा रहेका हिमालको संरक्षण र यसको बिकासमा सरकारले बिशेस ध्यान दिनु पर्ने कुरा ब्यक्त गर्नु भयो । साथै नेपालमा आठ हजार मिटर माथिका अन्य हिमालहरुको खोजि तथा अनुसन्धानमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सगरमाथाको २६ औ पटक आरोहण गर्ने कामि रिता शेर्पा लगायत अन्यलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले सातौ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु हुदै नेपाल पर्वतारोहण संघले पर्बतीय पर्यटनको विकास र बिस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आयको बताउनुभयो । महोत्सवका संयोजक तथा संघका बरिस्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले नेपाल पर्वतारोहण संघले पर्बतीय पर्यटनको विकासका लागि बिगत सात बर्षदेखि पर्वतीय महोत्सव गर्दै आयको र पर्वतारोहणलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आयको बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले स्वागत मन्तब्य राख्नु हुदै दुई दिने पर्वतीय महोत्सव नेपालको पर्यटनमा देखियको समस्यामाथि छलफल गरि समाधान गर्न उन्मुख हुने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले पर्यटनमा देखियका समस्या र दिगो पर्यटन विकासका लागि नेपाल सरकार र निजि क्षेत्र एकजुट  हुनु पर्ने र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल सुचारु भय पछी भारतका बिभिन्न ठाउमा उडान सन्चालन गर्नुका साथै अन्य देशमा उडान संचालन गर्न सके पोखरामा तिन बर्ष भित्र पर्यटक आगमन दोब्बर गर्न सकिने बताउनुभयो ।

यस वर्षको अन्तर्राष्ट्रिय पर्बत दिवसको नारा पर्वतीय गतिविधिमा महिला सहभागिता रहेकोमा पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई बिभिन्न तालिमको आयोजना गर्दै आयको बताउनुभयो ।

सगरमाथा आधार शिबिरको ब्यबस्थापन सम्बन्धि छलफलमा आधार शिबिर सोहि स्थानमा नै हालका लागि उपयुक्त रहेको र थप ब्यबस्थित गर्न सरकारले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाब दियका छन् ।

महोत्सवमा बिबिध स्टलहरु राखिनुका साथै बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गरियको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest