यस्तो टिम्सको आवश्यकता देखिदैंन

ट्रेकिड्ड एजेन्सिज् एसोसियशन अफ नेपाल (टान) ट्रेकिड्ड तथा पर्वतारोहण ब्यवसायी कम्पनीहरुको एउटा छाता संस्था हो । टे«किड्ड कंपनीहरुले रु. ५००० शुल्क तिरी संस्थाको सदस्य बन्न सक्छन् । यस संस्थाको उद्देस्य सदस्य कम्पनीहरुको हक–हित सम्रक्षण गर्ने, सदस्यहरुलाई पर्यटन कानुन बिपरित कार्य गर्न नदिने, बेला–बेलामा स्वदेश र अन्तर्राष्ट्रिय स्तरको तालिम संचालन गर्ने, देशको पर्यटन ऐन कानुन वमोजिम ब्यबसाय संचालन गराउने, देश भित्र आएका पर्यटकहरुलाई उच्च स्तरीय तथा गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ । नेपालमा पर्यटन प्रबद्र्धन गर्न सरकारलाई सल्लाह र सुझाब दिने उद्देस्यले सन् १९७३ मा यस संस्थाको स्थापना भएको हो । त्यस समयमा नेपालमा जम्मा ५० वटा ट्रेकिड्ड कम्पनी मात्र थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अभिलेख अनुसार हाल १५०० भन्दा बढी पर्यटन टे«किड्ड कम्पनीहरु दर्ता भएको देखिन्छ ।
देशमा पर्यटकको संख्या बृद्धि हु“दै गयो । पर्यटन क्षेत्रभित्र विभिन्न बिकृतिहरु पनि बढ्दै गयो । बिना परमिट, बिना गाइडको र बिना कम्पनीको पदयात्री र इलीगल अपरेटर्सहरुको संख्या पनि बढ्दै गयो । १० बर्षको अवधिमा १७ जना बिदेशी पर्यटकहरु टे«किड्डका क्रममा बेपत्ता भएका रेकर्ड छ । नेपालका पर्यटन क्षेत्रमा बिकृति उन्मुलन गर्ने उद्देस्य लिएर सन् २००३ को टान कार्यसमितिले नेपालको पर्यटन जगत मै एक नौलो विचारको प्रतिपादन ग¥यो । त्यो थियो टेकर्स रजिस्ट्रेसन सर्टिफिकेट (टि.आर.सी.) । यसको उद्देस्य नेपालमा आएका सम्पूर्ण बिदेशी पर्यटकहरुले टे«किड्ड जानु अघि टान कार्यालयमा रु. १०० तिरी ट्रेकिड्ड गन्तब्य अनुसारको परमिट वा अनुमति कार्ड लिनु पर्ने व्यवस्था थियो । टिम्सको उद्देश्य के थियो भने, नेपालमा पर्यटक भएर आएका र टे«किड्ड जाने सबै पर्यटकको डाटा तयार गर्ने, सबै पर्यटकहरु नेपाल सरकारबाट अनुमति प्राप्त कुनै पनि कम्पनीहरुबाट मात्र टे«किड्ड जानु पर्ने, कमसेकम एउटा पोर्टर वा गाइडको साथमा ट्रेक जानु पर्ने, सबै कम्पनीहरुले आप्mनो ट्रेकिड्ड स्टाफ र सहयोगीहरुको इन्सुरेन्स अनिवार्य गर्नु पर्ने, पर्यटन क्षेत्रहरुको गन्तब्य अनुसारको अनुमति पत्रको कोर्ड नम्बर अलग अलग हुनुपर्ने, नेपाल अधिराज्यको कुनै पनि क्षेत्रमा पर्यटक वा उसंग जाने नेपाली सहयोगीहरुको दुर्घटना वा हराएको खण्डमा कुन मिति, समय र कुन क्षेत्रमा दुर्घटना वा हराएको हो भन्ने कुरो बारे टानको अभिलेख र त्यो कम्पनिको आइटीनरी अनुसार तुरुन्तै पत्ता लाग्ने खालको सिस्टम हुनुपर्ने थियो । यसरि बैज्ञानिक ढंगले व्यवस्थित गर्न सजिलो तरिका अपनाइएको थियो ।
यो सिस्टम सत प्रतिसत सफलता हासिल हुने पक्षमा थियो । तर त्यस समयको सरकार, केहि पर्यटन ब्यबसायी र गैह्र पर्यटन ब्यबसायी,
राजनीतिक व्यक्तिहरुको मिलोमतोमा अनेकांै वाधा व्यवधान खडा गरी यसलाई रोक लगाउन राजनीतिको जालो बुनियो । अनेकांै अवरोधको बावजुद पनि यसलाई लगातार प्रक्रियामा अगाडी बढाइयो । सन् २००५ मा यसको उद्देस्य साविककै रहने गरी नाम परिवर्तन गर्ने सम्झौता भयो । यसको नाम ट्रेकर्स इन्फरमेशन मेनेजमेन्ट सिस्टम (टिम्स) हुन गयो । यति गर्दा पनि यो टानको एक द्वार नीति भित्र आएको
अवस्था छैन । देशको परिस्थिति अनुसार ६ र ९ महिने सरकार चल्दै गयो र “टिम्स“ प्रति पनि अतिक्रमण हु“दै गयो । हु“दा–हु“दा नेपाल पर्यटन बोर्ड (एन.टी.बी) ले दुर्त गतिमा तयारी गर्दै थियो । अन्तमा एन.टि.बि ले टानको योजना र उद्देस्यमाथि हस्तक्षेप ग¥यो । साथै टान र एन.टि.बि. दुवै ठाउ“बाट “टिम्स“ उपलब्ध हुने गरि संचालनमा ल्याइयो । तर यसको स्वमित्व भने एन.टि.बि.मा निहित रहने गरि टानलाई कार्य बोझ मात्र बनाइयो । हाल यसको शुल्क पनि बढाएर प्रती व्यक्ति रु १२०० बनाइयो ।
टानले “टिम्स“ सेल गरेको बार्षिक करोडौंको हिसाब देखिएता पनि यो रकम नेपाल टुरिजम बोर्डको खातामा नै जम्मा गर्नु पर्ने भएको हु“दा सो रकमसंग टानले आप्mनो इच्छाले परिचालन गर्न नपाउने, कुनै अधिकार वा स्वामित्व नरहने गरि टानको टिम्स माथि हैकम जमाई अपहरण गरियो । हाल “टिम्स“ टान र एन.टि.बि. दुवै स्थान बाट उपलब्ध भए पनि यसको उद्देस्य अनुरुप व्यवस्थापन भने पटक्कै भएको छैन ।
टिम्सको उद्देस्य अनुरुप काम पनि भएको छैन । किनकि नेपाल टुरिजम बोर्डबाट उपलब्ध गराउने सम्पूर्ण बिदेशी पर्यटकहरुलाई रु.२५०० शुल्क लिएर एफ.आई.टि. टुरिस्टहरुलाई गाइड र सहयोगी विना नै ट्रेकिड्ड जान पाउने गरी खुल्ला छाड्ने काम
भयो । यो नै टिम्सको उद्देस्य बिपरित थियो । त्यस पछि नेपालको पर्यटन जगतमा ठुलो विकृति फैलिंदै गयो । सरकारलाई कर तिरेर, हजारांै कर्मचारीलाई रोजगारी दिलाउने, नेपालको हिमाल तराईका गा“उ–
बस्तीहरुमा पर्यटन मार्फत् गरिवीको रेखामुनि रहेको जनताहरुलाई काम, दाम, व्यापार, शिक्षा, स्वास्थ्यका साथै आर्थिक बिकासमा ठुलो योगदान पु¥याउने ट्रेकिड्ड कम्पनीहरु मर्कामा परेको प्रति सरकारले ध्यान पु¥याउनै सकेन ।
टिमसको स्थापना पछि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टान र नेपाल टुरिजम बोर्डमा करोडांै अम्दानी आएको देखियो । जसले गर्दा नेपाल टुरिजम बोर्डमा भ्रष्टाचार मौलाउदै गयो । यसको किनाराको साक्षी टान हुन बाध्य भयो । ट्रेकिड्ड मजदुरहरुको पनि यसैमा धुनो सोजिएको छ । अब टान पर्यटन ब्यवसायिहरुको संघ जस्तो रहेन, यो कुनै एनजीओ आइएनजिओ अथवा राजनीतिक पार्टीको भगिनी संगठन जस्तो हुन गएको छ । टिम्स लागु भएको लगभग १२ वर्ष हु“दै छ । यो आज टानको लागि निल्नु न ओकल्नुको गलग“ँड साबित भएको छ । हाल बहुसंख्यक पर्यटन ब्यबसायिहरुको बुझाईमा यो ट्रेकिड्ड म्यानेजमेन्ट सिस्टम (टिम्स) खारेज हुनु पर्छ भन्ने पक्षमा आंैला ठड्याउदै आइएको
छ । जुन उद्देस्यले टिम्स लागु हुनु पथ्र्यो त्यो नभएर त्यसको ठिक बिपरित कार्यहरु हुन थालेकाले म पनि यसैमा पूर्ण सहमत छु ।
टानबाट उपलब्ध हुने टिम्स कार्ड सहर बजारको गल्लि–गल्लीमा बढी मूल्य लिएर बिक्री वितरण भएको सर्ववितितै छ । त्यसैले कुन पर्यटकले कुन कम्पनिबाट कुन मितिमा कुन क्षेत्रमा कतिजना पर्यटकहरु टिम्स कार्ड लिएर कहा“ पुग्दै छन् भन्ने टान प्रसाशनलाई पत्तै हु“दैन । यस्तो स्थितिमा पर्यटक र नेपाली सहयोगीको दुर्घटना भएमा वा हराएमा कम्पनि र टानलाई थाहा पाउन ढिलो भैसकेको हुन्छ । थाहा पाइ हाले पनि कुन लोकेसनमा भन्ने कुरा थाहा पाउन समय लाग्ने गर्दाछ ।
टानको निर्बाचन पनि नजिकिंदै छ, अब आउने टानको नेतृत्व कस्तो हुनु पर्छ भन्ने सवालमा जुनसुकै राजनीति पार्टीको विचार अंगालेको व्यक्ति भए पनि हुन्छ । तर टानको अध्यक्ष र महासचिब हुनलाई केहि कुराहरुमा मुख्य ध्यान दिनै पर्छ । जस्तैः कम्पनि दर्ता भएको ३ वर्ष पुगेको हुनुपर्ने, कम्पनीको मेनेजिड्ड डाइरेक्टर हुनुपर्ने, टानको मेम्बरशिप भएको हुनु पर्ने, ५० वर्ष भन्दा बढी उमेर भएको हुनुपर्ने, टान कार्यसमितिको सदस्य वा पदाधिकारीमा २ कार्यकालको अनुभब प्राप्त भएको हुनु पर्ने, नेपालको सबै पर्यटन क्षेत्रहरुमा बराबरी महत्व राख्ने बिचारको धनी भएको हुनु पर्ने, सबै पर्यटन ब्यबसायी कम्पनीहरुको नजिक रही समय सापेक्ष पर्यटनमैत्री ज्ञान र बहस गर्ने खालको नेतृत्वदाही व्यक्ति हुनुपर्ने आवश्यकता छ । टिम्सलाई पुरान र साविकको उद्देश्य अनुरुप एक द्वार नीति लागु गर्न सक्नु पर्छ । नसके टिम्सलाई खारेज गर्न सक्ने हिम्मत भएको, टानमा आएर राजनीति नगर्ने र सर्वमान्य लिडर हुनुपर्छ । यस्तो व्यक्तिलाई हामी सबैको सधैं साथ र सहयोग
रहनेछ ।

लेखक कामी रिन्जी शेर्पा
(निवर्तमान प्रथम उपाध्यक्ष)
ट्रेकिड्ड एजेन्ट एसोसियशन अफ नेपाल (टान)

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest