मेरो समूह गैर राजनीतिक र व्यवसायीक हो -दिपेन्द्र कुमार शर्मा

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को आउदो निर्वाचनका लागि दिपेन्द्र कुमार शर्माको प्यानलले होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयजोना गरि उम्मेद्धार परिचयात्मक कार्यक्रम तथा आफ्नो समुहको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।आफ्नो समूह गैर राजनीतिक र व्यवसायीक भयको पत्रकार सम्मलेनमा बतायका छन् |
१५ बुदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै नाट्टालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न आफ्नो समुहले मनोनयन दर्ता गरेको दिपेन्द्र कुमार शर्माले बतायका छन् ।
अध्यक्षका उम्मेद्धार शर्माले सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने बतायका छन् |
मध्य पूर्वबाट हुने एडीएम डिपोर्टीका लागि टिकेटिङ एजेन्टहरुमाथि परिरहेको आर्थिक भार एयरलाइन्सलाई नै बेहोर्न लगाउने, पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजत पत्रहरुलाई यथाशिघ नवीकरण गराउने प्रतिबद्धतापत्रमा उल्लेख छ । आएटासँग सम्बन्धित समस्या समाधानका लगी पहल गर्नी , नाट्टाको आधुनिक भवन निर्माण तथा आर्थिक दायित्व सुनिश्चितताका लागि कार्यक्रम तर्जुमा गर्ने समेत उल्लेख छ । पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस क्षेत्रको समस्या समाधान गर्ने, ट्राभल, टुर तथा भ्याट, कर सम्बन्धि समस्याहरुको समाधानका लागि सम्बन्धित संघसंस्थासँग संयुक्त कार्यदल बनाएर संघर्ष गर्ने, आन्तरिक तथा वाह्य पर्यटन प्याकेजहरुमा लाग्ने करको सहुलियतका लागि पहल गर्ने तथा पर्यटन प्रबर्दन गर्नी प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ | नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागसँगको सहकार्यमा पर्यटन उद्योगलाई राज्यको प्राथमिकता दिलाउन पहल गर्ने,नाट्टा सचिवालयलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने, आर्थिक विषयमा मितव्ययिता अपनाउँदै पर्यटनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सम्बन्धलाई मजबुत पार्नी प्रतिबद्धतापत्रमा छ|
कार्यक्रममा महासचिवका प्रत्यासी विनय बस्नेतले आफुहरु संस्थाको विधानलाई कदर गर्दै व्यवसायिक हक हितको पक्षमा उभिएको बताउनुभयो ।
सो अवसरमा नाट्टाका पूर्वअध्यक्ष भोला थापाले नाट्टालाई कुनैपनि हालतमा राजनीतिबाट टाढा राखिनुपर्निमा जोड दिनु भयो ।
दिपेन्द्र कुमार शर्माको प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता (केसि) भट्टराई कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी छन्। सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्की रहेका छन् |

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest