कीप द्वारा ट्रेकिंग गाइडलाई तालिम प्रदान

काठमाडौँ इन्भायरोमेन्टल एजुकेसन प्रोजेक्ट (किप )ले ट्रेकिंग गाइडलाई तिन दिने इको लिडरसिप तालिम प्रदान गरेको छ ।अगस्ट चार देखि छ सम्म संचालन भयको तालिममा सहभागी ट्रेकिंग गाइडलाई उकेश राज भुजु ,बिदेशी प्रशिक्षक इयान वाल लगायतले बाताबरण संरक्षण लगायत ट्रेकिंगमा आइपर्नी समस्याको समाधान बिषयमा प्रशिक्षण दियका थिय।

सहभागी ट्रेकिंग गाइडलाई प्रमाणपत्र वितरण गर्दै नेपाल पर्बतारोहण संघका महासचिब कुलबहादुर गुरुङले कीपले प्रदान गर्दै आयको तालिम पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृदिमा सघाउ पुग्नी र दक्ष् जनशक्ति उत्पादन भै पर्यटन बिकासमा टेवा पुग्नी बताउनु भयो ।प्रशिक्षार्थीहरुले तालिम महत्वपूर्णरहेको प्रतिक्रिया दिदै तालिमलाई आगामी दिनमा निरन्तरता दिदै सबै ट्रेकिंग गाइडले तालिम लिनु आबस्यक रहेको बतायका छन्।

कार्यक्रममा कीपका सचिब पिताम्बर गुरुङ,महासचिब रामकुमार पुरी तथा उपाध्यक्ष देबी प्रसाद पन्तले कीपले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न किसिमका तालिम दिदै आएको बताएका थिया ।आगामी दिनमा तालिमलाई अझ प्रभाबकरी बनाउदै लगिनी बताईएको छ ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest