पर्यटन दशक: सन् २०३२ मा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य

स.सम्बाददाता

बिस्व महामारीको रुपमा देखा परेको कोरोना संक्रमणबाट थलियको नेपालको पर्यटन उधोगलाई माथि उठाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२३-२०३२ लाई पर्यटन दशकको रुपमा मनाउने घोषणा गरेको छ

मन्त्रालयले पर्यटन दशकलाई सफल बनाउन निगी क्षेत्रबाट सुझाब पेश गर्न एक समिति बनाएको र उक्त समितिले सुझाब सहितको प्रतिबेदन पेश गरिसकेको अवस्था छ । सुझाब  समितिका एक सदस्य योगेन्द्र शाक्यले गत शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा पर्यटन दशकको अन्तिम वर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको कुरा ब्यक्त गरे ।

सातै प्रदेशमा हरेक बर्ष पर्यटन बर्ष मनाउने र पर्यटन दशकको मूल नारा टुरिजम फर अल रहेको पर्यटन बर्ष २०११ का राष्ट्रिय संयोजक रहेका योगेन्द्र शाक्यले बताउनुभयो । २०२३ लाई तयारी बर्ष र २०२४ बागमती प्रदेश,२०२५ मा गण्डकी प्रदेश,२०२६ लाई सहाशिक बर्ष,२०२७ लाई लुम्बिनी प्रदेश.२०२८ लाई मधेश प्रदेस वर्षा,२०२९ लाई सुदूरपश्चिम,२०३० लाई केचना क्वाल्र र २०३१ लाई कर्णाली प्रदेस बर्षको रुपमा मनाउने र २०३२ लाई फेस्टिबल नेपालको रुपमा अन्तर्राष्ट्रिय प्रबर्दंणनको रुपमा पर्यटन दशक मनाउने गरि प्रतिबेदन पेश गरियको शाक्यले जानकारी गरायका छन् ।साथै उनले पर्यटन दशकका लागि २ अर्बको बजेट माग गरियको बताए ।

कार्यक्रममा बरिस्ठ पर्यटन ब्यबसायी आङछिरिङ शेर्पाले बोल्दै पर्यटन दशकलाई पूर्वाधार निर्माण अबसरको रुपमा लिनु पर्ने र रास्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सलाई मजबुत बनाउन सके सन् २०३२ मा ३५ लाख पर्यटक ल्याउनु भनेको ठुलो कुरा नभयको बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest