होटलले पर्यटकको डलर साट्न पाउने

स. सम्वाददाता
नेपाल भ्रमणमा आएका पर्यटकहरुले आपूm बस्ने होटलबाट ३ सय अमेरीकी डलरसम्मको सटही सुबिधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै होटलले पनि डलर साट्न पाउने व्यवस्था गरेको हो । यसअघि होटलहरुलाई यस खालको सुविधा दिइएको थिएन । होटलहरुले अहिलेसम्म ग्राहकलाई सटही सुबिधा नदिएपनि बिल तिर्दा भने डलरमै तिर्न पाउने व्यवस्था थियो ।
अब होटलहरुमा बसेका पर्यटकलाई थोरै डलर भएपनि बैंक वा मनी एक्सचेञ्जमै गएर साट्नुपर्ने बाध्यता हटेको छ । यसबाट होेटलहरुप्रति पर्यटकको विश्वास बढ्नुका साथै उनीहरुलाई सहज भएको छ ।
होटल व्यवसायिहरुले भने होटलको स्तर हेरेर डलर सटहीको सुविधा विविधिकरण गर्नु पर्ने बताएका छन् । साना होटल र ठूला ५ तारे होटलहरुलाई एउटै सुविधा प्रदान गरिनु न्यायोचित नभएको होटल व्यवसायिहरुको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest