नगर प्रमुखले जनाय सम्पदा संरक्षणमा प्रतिबद्धता

स. सम्बाददाता

काठमाडौँमा आयोजित एक कार्यक्रममा ललितपुर,किर्तिपुर,चन्द्रागिरी,गोदावरी,मध्यपुरथिमी र महालक्ष्मी नगर प्रमुखहरुले पालिका भित्रका सम्पदाहरुको संरक्षणमा प्रतिबद्धता जनायका छन् । लुमन्ती संस्थाले डिसेम्बर २२ मा काठमाडौँमा आयोजना गरेको ‘सम्पदा बस्ति  संरक्षण र दिगो पर्यटन विकास ‘ कार्यक्रममा उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।

लुमन्तिले काठमाडौँ उपत्यकाका सम्पदा संरक्षणमा ‘पर्य सम्पदा’ परियोजना संचालन गरिरहेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चीरिबाबू महर्जनले पर्य सम्पदा परियोजनाले उपत्यका भित्रका सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पालिकाले स्थानीय उपभोक्ता समिति बनाएर सम्पदा पुनर्निर्माण गरियको बताए । कार्यक्रममा सहभागी अन्य नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले सम्पदाहरूलाई जिबन्त राख्न संरक्षण आबस्यक रहेको बताएका थिय ।

यू.एन ह्याबिटाटकि म्यानेजर प्रज्ञा प्रधानले बिगत ४ वर्ष देखि पर्य सम्पदा परियोजना संचालनमा रहेको र ४ नगरपालिकाका १० स्थानमा कार्य भइरहेको बताईन । लुमन्तिका सृष्टिना श्रेष्ठ र बसुन्धरा महर्जनले परियोजनामा भयका गतिबिधि बारे जानकारी गराएका थिय । कार्यक्रममा सम्पदा भ्रमणको कथा समेटिएको कथा संग्रह बिमोचन गरिनुका साथै बुङ्मतिको एप्सको सुभारम्भ गरियको थियो । पर्य सम्पदा परियोजना संचालनमा रहेका सम्पदा स्थल भ्रमणका लागि निकालिएको नक्सा सबै पालिकाहरुलाई हस्तान्तरण गरियको छ

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकहरुलाई रातिको समयमा पनि सम्पदा स्थलहरुको भ्रमण गराउने बाताबरण बनाउन आबस्यक रहेको बताउनु भयको थियो ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest