घृणा कसैलाई मन पर्दैन र घृणाले संसार चल्दैन । घृणाको राज्य हुन सक्दैन । वास्तविक संसारमा प्रेम नै सर्बोत्कृस्ट छ र प्रेमको डोरीमा बाधेर जिबनको सुखमय आनन्दमा पुग्ने छ । यही नै संसारको रित हो भने प्रेमको प्रित पनि हो ।

काठमाडौँ पेप्सीकोला स्थित सन् सिटि सडक मार्गमा रहेको राधाकृष्ण कम्प्लेक्समा राधाकृष्णको प्रेममंदिर स्थापना भएको छ । प्रेमका राजा कृष्ण र प्रेमकी रानी राधाको मुर्ति स्थापनाले घर घर बाट घुम्दै फिर्दै घरबास पर्यटकको आकर्षण बनेको छ ।
गाउँ पर्यटन अबधारणाका जन्मदाता तथा परिकल्पनाकार ड. सुरेन्द्रभक्त प्रधानाङ्गको घर आँगनमा स्थापना गरियको भगवान राधाकृष्णको सुन्दर मुर्तिको पूर्व अर्थमन्त्री शंकर कोइराला तथा कगेस्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्ष अनिल थापाले अनावरण गर्नु भएको छ । वडा अध्यक्ष अनिल थापाले प्रेम नभई जिबन अधुरो रहने र प्रेम सबै मानिसमा उत्पन्न हुनु आबस्यक छ भन्नु भयो । तेसैले राधाकृष्णको प्रेम मन्दिरले सबैमा प्रेम भाब जगाउने र पर्यटकहरु पनि प्रेम मन्दिर देखेर आनन्दित हुने बताउनु हुन्छ ।
पूर्व अर्थ मन्त्रि शंकर कोइरालाले भगवान श्रीकृष्णको महिमा बारे प्रकाश पार्दै कृष्ण भगवान मात्र नभएर शासक,समाज सुधारक र राजनीतिज्ञ समेत भएको चर्चा गर्नु भयो । साथै सुरेन्द्रभक्त प्रधानाङ्ग गाउँ पर्यटन अवधारणको बिकासमा लागि पर्नु भयको ब्यक्ति र उहा गाउँ पर्यटनको पिताको रुपमा परिचित हुनुहुन्छ । आज उहाले प्रतिपादन गरेको गाउँ पर्यटन राष्ट्रमा मात्र सिमित नभयर अन्तर्राष्ट्रिय रुपमा समेत विकास हुन थालेको बताउनु भयो ।
प्रेम मन्दिरको उद्घाटन अबसरमा सबै भक्तहरुलाई स्वागत गर्नु हदै डा.सुरेन्द्रभक्त प्रधानाङ्गले ५२०० बर्ष अगाडी भगवान नारायण तथा लक्ष्मीले कृष्ण र राधाको अबतार लिएर पृथ्बी लोकमा जन्म लिनु भयको बताउदै कृष्णको महिमा बताउनुभयो । कृष्ण तथा राधा
रानीले प्रेममय जिबनको महत्व र प्रेम नै जिबन भयको तथ्य बिश्व सामु फैलाउनु भयको कुरा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा भजन किर्तनका साथै सबै भक्तजनहरुलाई प्रसाद वितरण गरियको थियो ।