स.सम्बाददाता :
लायन्स तथा लियो क्लब अफ काठमाडौँ चाबहिल सिटी सहित नौ वटा क्लबहरूको संयुक्त आयोजनामा चाबहिल बुद्ध स्तुपा (धन्दो चैत्य) चाबहिलमा चैत्र २५ गते बिस्व स्वास्थ्य दिबसको सन्दर्भमा वृहत स्वास्थ्य शिविरु सम्पन्न भयो ।

शिविरमा आँखा परीक्षण, जनरल चेकअप, मधुमेह परीक्षण तथा ब्लड प्रेसर जाँच सहित ५२४ जना विरामीहरुको परीक्षण र ४३ जनाले रक्तदान गर्नु भएको कार्यक्रमका संयोजक सुवर्ण डंगोलले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ क्यापिटल, काठमाडौ डाईमण्ड, नेपाल ईको फ्रेण्ड्ली, काठमाडौ फेलोसिप, काठमाडौ हाईट, काठमाडौ कैलाश,काठमाडौ युनिक र किवानिज क्लब अफ युनिटी नेपालको सहभागिता रहेको थियो ।

सिविर, दिर्घायु गुरु हस्पिटल, ग्राण्डी हस्पिटल, दृष्टि आँखा केन्द्र, चाबहिलको सहयोगमा डा. रञ्जु सिटौला खरेल, डा. सुवोध घिमिरे, डा. सोमिका बस्नेत, डा आयुस्मा आचार्य र प्राविधिक टोलीहरुको सहयोगमा सम्पन्न भएको थियो । शिविरमा जाँच गरिएका विरामीहरुलाई औषधि चस्माहरु निस्शुल्क वितरण गरिएको थियो ।

क्लबका प्रथम उपाध्यक्ष लायन प्रद्युम्न जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ का द्वितीय भाईस गभर्नर शंकर सारदा , पूर्व प्रदेश सभासद नरोत्तम वैद्य र किवानिज क्लब अफ युनिटी नेपालका अध्यक्ष सुमन घिमिरेले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा लायन मनोज सापकोटा, लायन सुरेन्द्र पौडेल, क्लवका पूर्व अध्यक्षहरु लायन अजय खनाल र लायन एकेन्द्र राज चालिसे, लायन विमल पौड्याल, र लियो क्लबका अध्यक्ष मिलन पाण्डे लगायतको सहभागिता रहेको थियो ।

सोहि दिन लायन्स तथा लियो क्लब अफ काठमाडौँ चाबहिल सिटीको आयोजनामा बाराको कलैयामा दन्त परीक्षण शिविरुको आयोजना सम्पन्न भयो । ग्यालेक्सी पब्लिक स्कूल तथा ग्यालेक्सी बिजनेस कलेज कलैयाको सहयोगमा २१५ जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको क्लबका पूर्व अध्यक्ष महाविर रिसालले जानकारी गराउनु भयो ।