चितवनका होटलहरुको बुकिड्ड घट्दो

 

स. सम्वाददाता
सडक मार्गबाट चितवन पुग्ने मुग्लिन नारायणगढ सडकखण्डमा आएको अवरोधका कारण चितवनमा पर्यटकको संख्यामा कमि आई चितवनका होटलहरुको बुकिड्डमा गिरावट आएको छ । पर्यटकको संख्यामा गिरावाट आएस“गै त्यहाँका होटलमा अकुपेन्सी घटेको होटल व्यवसायी संघ (हान) ले जनाएको छ ।
मुग्लिन नारायणगढ सडकखण्ड विस्तार तथा मर्मत गर्ने क्रममा वर्षाका कारण पहिरो आउने क्रम बढेकाले यातायात अवरुद्ध भएको ह“ुदा चितवनको सौराहा क्षेत्रका होटल, रिसोर्ट लज लगायतमा पर्यटकको बुकिड्ड घटेको हो ।
यो सडकखण्डका कारण समस्त पर्यटन क्षेत्रमा नै नकारात्मक असर परेको भन्दै होटल व्यवसायी संघ (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीस“ग सुधारका उपायका बारेमा छलफल गरेको छ ।
सडक बिग्रेपछि होटलमा पर्यटक बढाउन व्यवसायीले विमान कम्पनीस“ग मिलेर आकर्षक छुटका प्याकेजहरु ल्याउन लागेका छन् । चितवनमा पर्यटकहरुको आवगमनमा बृद्धि ल्याउन होटल व्यवसायिहरुले विमान कम्पनीस“गै मिलेर छुटका प्याकेजहरु ल्याउन लागेको हानले जनाएको छ ।
होटल संघ नेपालको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना भएको सो बैठकमा मन्त्रालयका उच्च अधिकारी, सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर, यति एयरलाइन्सका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
सोहि बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन नारायणघाट राजमार्ग आउ“दो अप्रिल २०१८ सम्म पूर्ण रुपमा सञ्चालनमा आउने तथा यातायातको चाप घटाउन खाली र्फकने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको बताएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest