नाट्टा निर्बाचनमा थापा र बस्नेत समूह प्रतिस्पर्धमा

स.सम्बाददाता

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस NATTA को ५५ औ बार्षिक साधरण सभा संगै हुन लागेको निर्बाचनका लागि रमेश थापा र बिनय बस्नेत समूह प्रतिस्पर्धामा उत्रियका छन् । दुवै समुहले उम्मेदवारी दर्ता गराई सकेका छन् भने रमेश थापा समुहले पत्रकार सम्मेलन गरि उम्मेदवार परिचय कार्यक्रम सम्पन्न गरेको छ ।

रमेश थापा अध्यक्ष रहेको समुहमा बरिस्ठ उपाध्यक्षमा प्रमोद दाहाल,उपाध्यक्ष बरुण मेहता,महासचिब कुमारमणि थपलिया,सचिब युबिका भण्डारी,कोषाध्यक्ष राजकुमार देवकोटा,सह कोषाध्यक्ष राजा शाक्य र सदस्यहरु ढकनाथ काफ्ले,नमराज भेटुवाल,परशुराम घिमेरे,राम शोभित नायक,डेन्डी शेर्पा,महेश कोइराला(दिपक ),श्रद्दा जोशी र सबला भण्डारी छन् ।

अध्यक्षका उम्मेदवार मूनसन ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक रमेश थापाले आफु महासचिब हुदै हाल उपाध्यक्ष रहेर नाट्टामा कार्य गरिरहेको र आगामी दिनमा नेत्रित्वमा रहेर सदस्य कम्पनीको हित र पर्यटन पुनरुत्थानमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।    

 अध्यक्ष विनय बस्नेत रहेको समुहमा बरिस्ट उपाध्यक्ष सुधीर कुमार उपाध्याय, उपाध्यक्ष सुनील शर्मा, महासचिव जिस्वा तुलाधर श्रेष्ठ, सचिव प्रज्ञा शर्मा, कोषाध्यक्ष सुदर्शन नेपाल, सह-कोषाध्यक्ष गीता ढकाल र सद्स्यहरु बिस्णू पाण्डे, सन्तोष गुरुँङ्,सुदर्शन पौडेल, सुमन श्रेष्ठ, चड़ा बहादुर जिम्वा,साधुराम थापा ( सुरज)  दीनेश मैनाली र राज कुमार पाठक रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest