कीप को २८ औ साधारणसभाबाट नया कार्यसमिति चयन

काठममाडौं । काठमाडौं इनभाइरोमेन्ट एजुकेशन प्रोजेक्ट (कीप) को भाद्र ३१ गते २८ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुँदै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा(कमल)ले आफुले कम्पनी स्थापना गर्दा इकोटुरिजमलाई ध्यान दिएर कम्पनी सञ्चालन गर्नुपर्छ भनेर शुरुवात गरेको बताउनुभयो । ‘यद्दपि नेपालमा साँच्चिकै इकोटुरिजम चलाउन कठिन रहेको बताउनुभयो ।’ उहाँले थप्नुभयो, ‘तर कीपले लामो समयदेखि हामीजस्ता पर्यटन व्यवसायीलाई आवश्यक , गाईडहरुलाई आवश्यक तालिमहरु सञ्चालन गर्दै  दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गर्दै आएको छ ।’

उपाध्यक्ष सापकोटाले कीपले गाईडहरुका लागि सञ्चालन गर्दै आएको प्राथमिक उपचार तालिम, अंग्रेजी कोर्षहरु जस्ता आवश्यक भएका कुराहरुमा सञ्चालन गर्दै आएको कामको पनि प्रशंसा गर्नुभयो । कीपमा योगदान गर्ने संघसंस्था र ब्यक्तित्वहरुलाई पनि उहाँले बधाई तथा शुभकामना दिनुभयो ।नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मत सिंह ऐरले किपले बाताबरण तथा पर्यटन क्षेत्रमा गरेको कार्यको सराहना गर्दै बोर्ड किप संग सहकार्य गरेर आगाडी बढ्न तयार रहेको बताउनुभयो । साथै बरिस्ठ पर्यटन ब्यबसायी आङ छिरिङ शेर्पाले जलबायु परिबर्तनको असरले पर्यटन उद्योगमा नराम्रो असर पर्न गयको भन्दै किपले तयार गरेको मिनिमल इम्प्याक्ट ट्राभलको अबधारणाले  बाताबरण संरक्षणमा  महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

कीपका अध्यक्ष देवीप्रसाद पन्तले कीपले गरेका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । विभिन्न तालिमका साथै  पर्यटकिय जिल्लाहरुमा कीपले शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणीय क्षेत्र आदिमा गर्दै आएको कार्यक्रमबारे जानकारी गराउनुभयो ।

उद्घाटन सत्रमा ट्रेक्किंग  एजेन्सिज एशोसिएसन अफ नेपाल(टान), नाट्टा, नारा,नेपाल पर्वतारोहण संघ लगायत पर्यटन क्षेत्रमा अनुभव बटुलेका र विभिन्न संघसंस्थामा रहेर काम गरिसकेका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा कीपसंग साझेदारीमा काम गरेका र कीपमा योगदान गरेका व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो । साधारण सभामा किपले तयार गरेको बाताबरण संरक्षण क्षेत्रमा सहयोगी पुस्तक  minimal impact travel  pustak  बिमोचन गरियको थियो ।

साधारणसभाको बन्द सत्रमा संस्थाका महासचिब पिताम्बर गुरुङ र कोषाध्यक्ष ऋषि प्रसाद नेपालले क्रमस प्रगति प्रतिबेदन,भाबी कार्यक्रम र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भई छलफल पश्चात सभाले पारित गरेको थियो ।

उद्घाटन सत्र पछिको बन्द सत्रले अध्यक्षमा देवी प्रसाद पन्त, उपाध्यक्ष रामकुमार पुरी, महासचिव पिताम्बर गुरुङ, सचिव नवराज आमगाईं, कोषाध्यक्ष ऋषिप्रसाद नेपाल,सह- कोषाध्यक्ष मिना शेर्पालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा गोपी श्रेष्ठ, डाक्टर दिलबहादुर तामाङ, नाम्ग्याल जाङ्बु शेर्पा, पाल्साङ तामाङ र बाबुराम कार्कीलाई चयन गरेको छ  ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest