स.सम्बाददाता
दिर्घकालसम्म नेपालको पर्वतिय पर्यटनको आरोहण अभियानहरुलाई सुरक्षित एवं भरपर्दो बनाउन आफ्नो ज्यानलाई समेत जोखिममा राखेर सगरमाथा,ल्होत्से,मनास्लु र आमादब्लम हिमालमा डोरी टाँग्ने आरोही शेर्पालाई सम्मान गरियको छ ।
पर्वतारोहण संचालक संघको गत शुक्रबार सम्पन्न साधारण सभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब सुरेश अधिकारीले उनीहरुलाई सम्मान गर्नु भयको हो ।सचिब अधिकारीले नेपालको पर्यटनमा पर्वतारोहणको भूमिका महवपूर्ण हुने भन्दै आरोहणलाई सुरक्षित बनाउने कार्यमा पर्वतारोहण संचालक संघले खेल्दै आयको भूमिकाको प्रसंसा गर्नु भयो ।

संघले ब्यबशायीहरु बिच आपसि भाईचारा सहित ब्यबशायलाई भरपर्दो, सुरक्षित एवं मर्यादित रुपमा हातेमालो गरी पेशा ब्यबशाय संचालन गर्नुका साथै नेपाल सरकारलाई यस बिधाको बिज्ञको रुपमा आवश्यक सहयोग गर्दै आइरहेको अध्यक्ष डम्बर पराजुलीले ब्यक्त गर्नुभयो । यसै सन्दर्भमा पर्यटन बिभागले बिश्वको सर्बोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहणलाई भरपर्दो र सुरक्षित गर्नका लागि दोस्रो आधार शिबिर देखि माथि उल्लेखित दुबै हिमालको शिखरसम्म र मनास्लु एवं अमाडम्बल हिमालमा आरोहण समयमा डोरी टाग्ने कार्यको लागि प्रदान गरीएको जिम्मेवारीलाई कुशलता एवं सफतापुर्बक सम्पन्न गरीरहेको जानकारी गराउनु भयो ।

पर्वतारोहण जस्तो सम्बेदनशिल पेशा ब्यबशायलाई अन्य पेशा ब्यबशायसंग दाज्दै आईसफलको बाटो बनाउने र सगरमाथा,ल्होत्से हिम शिखर आरोहणका लागि दोस्रो आधार शिबिर देखि शिखरसम्म र मनास्लु तथा अमाडब्लम हिमालमा डोरी टाग्ने कार्यलाई ठेक्का पट्टामा दिन वा दिनुपर्ने लगाएतका भ्रामक समाचार सम्प्रेषण भईरहेकोमा दुःख ब्यक्त गर्दै यस सम्बन्धमा आवश्यक गृहकार्य गरी नितीगत निर्णयका लागि पर्यटन मन्त्रालय संग आग्रह गर्नु भयो ।