लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एफ को डिस्ट्रीक्ट गभर्नरमा लायन शिवकुमार कटुवाल निर्बाचित

स.सम्बाददाता

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एफ नेपालको प्रथम महाधिवेशन जनकपुरमा सम्पन्न भएको छ । चैत्र १० र ११ गते सम्पन्न उक्त महाधिवेशनबाट लायन बर्ष २०२३र२४ का लागि डिस्ट्रीक्ट गभर्नरमा लायन शिवकुमार कटुवाल निर्बाचित हुनु भएको छ ।

निर्बाचन बाट प्रथम भाईस डिस्ट्रीक्ट गभर्नरमा लायन शंकर शारदा र द्वितिय भाईस डिस्ट्रीक्ट गभर्नरमा लायन केशरबहादुर भण्डारी निर्वाचित हुनु भएको छ ।

महाधिवेशनको उद्घाटन पूर्व रास्ट्रपति डा.रामबरण यादबले गर्नुभएको थियो । रास्ट्रपति डा.रामबरण यादबले सम्बोधन गर्नु हुदै समाज सेवामा समर्पित लायन्सहरुले समाजमा पुर्याएको योगदानको प्रसंशा गुर्नु हुदै धन्यवाद व्यक्त गर्नु भयो।साथै लायन राजेन्द्र खेतान,लायन राजेन्द्र खेतान लगायतका बक्ताहरुले लायन्स सदस्यहरुले समाजमा गरेको योगदानको चर्चा गर्नु भएको थियो ।

अधिबेशनको सुरुवात चैत्र ११ गते बिहान जनकपुरधाम मन्दिरबाट डिस्ट्रिक गभर्नर लायन डा.राजेन्द्र गिरि र उहाको धर्मपत्नी लायन फस्ट लेडी कमला गिरि लाई बग्गीमा राखी प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा विभिन्न लायन्स क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।प्रभातफेरीमा जनकपुरबासीले भब्य स्वागत गरेका थिए ।

अधिबेशनको अबसरमा उत्कृस्ट योगदान गर्नुहुने लायन्स सदस्यहरुलाई सम्मान गरिनुका साथै प्रभातफेरीमा उत्कृस्ट ठहरिएको काठमाडौँ चाबहिल सिटि लायन्स क्लब र अन्य क्लबहरुलाई बिशेस सम्मान गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest