होटल व्यवसायीका समस्या समाधान नगरे होटल व्यवसाय नै बन्द गर्ने चेतावनी

स.सम्बाददाता  

होटल ब्यबसायीहरुको छाता सङ्गठन होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या समयमै समाधान गर्न सरकारले पहल नगरे व्यवसाय नै बन्द गर्ने चेतावनी दिएको छ ।

हानले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण बन्द हुन पुगेको पर्यटन उद्योग लयमा फर्कन सुरु गरेपनि मुलुकको होटल क्षेत्र भने धरासायी अबस्थामा रहेको भन्दै व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले समयमै पहल गर्न माग गरेको छ ।

 सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि पटक पटक ध्यानाकर्षण गराएको र समस्याको समाधानका लागि सरकारले पहल नगरेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताईन ।

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएका ऋणका सावाँ ब्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको भन्दै सरकारका नीति निर्माताहरु,सम्वद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पहलको कुनै सुनुवाई नभएको   बताए । पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने अबस्थामा रहेको  बताए । होटल क्षेत्रलाई सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता नदिएको प्रति खेद ब्यक्त गर्दै ऋणको सावाँ ब्याज भुक्तानीको भाका बढाउन र व्याजदर एकल अंकमा झार्न माग गरे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest