नाट्टामा मजदुरले लगायको ताला खुल्यो

स.सम्बाददाता

ट्राभल तथा टुर ब्यबसायीहरुको छाता सङ्गठन नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (NATTA) को काठमाडौँ स्थित केन्द्रिय कार्यालयमा केहि दिन देखि पर्यटन सम्बद्द मजदुरले लगायको ताला खुलेको छ ।

बिगत केहि दिनदेखि संयुक्त पर्यटन ट्रेड यूनियन फोरमले  बिभिन्न माग राखी आफ्नो माग पुरा गराउन नाट्टामा ताला बन्दि गरेको थियो । नाट्टा कार्यसमिति र फोरमका प्रतिनिधिहरु बीच चार पटक सम्म बार्ता भयको र कुनै निष्कर्षमा पुग्न नसकी समस्या समाधान तर्फ फोरमले तत्परता नादेखायकोले स्थानीय निकायको प्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा ताला खोलेको नाट्टाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

फागुन २६ गते देखि लागेको ताला फागुन ३० गते खुलेको छ ।कोभिड्का कारण थला परेको पर्यटन ब्यबसाय भरखर सुचारु हुन लागेको अवस्थामा यस्ता कार्यबाट स्वदेश तथा बिदेशमा नकरात्मक संदेश जाने र नेपालको पर्यटनमा दीर्घकालीन असर पर्ने भयकाले नाट्टा कार्यसमितिको निर्णयमा ताला खोलियको बिज्ञप्तिमा जनाएको छ ।

साथै कुनैपनि समस्याको समाधान बार्ता र छलफलबाट हुने भन्दै संयुक्त पर्यटन ट्रेड यूनियन र अन्य सरोकारवाला संग बार्ता र छलफलमा बस्न नाट्टा सदा तयार रहेको रहेको समेत स्पस्ट समेत गरेको छ ।   

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest