संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले काठमाडौ इनभारोमेंटल एजुकेसन् प्रोजेक्ट (कीप )को २३ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै कीपले पर्यटन क्षेत्रको पर्यावरण संरक्षण र दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रसंसा गर्नुभयो ।साथै सरकारले पर्यटन पर्यावरण संरक्षण र दक्ष जनशक्ति उत्पादनमा आबस्यक सहयोग गर्ने बताउनु भयो ।

कीपका अधक्ष्य बिमल नहर्कीले कीपलाई सहयोग गर्नु हुने स्वदेशी तथा बिदेशी संघ संस्था र व्यक्तिलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा संस्थाका उपाध्यक्ष देवी प्रसाद पन्तले कीपले गर्दै आयको कार्यको बारेमा जानकारी गराउदै पर्यटन क्षेत्रको पर्यावरण संरक्षण र दक्ष जनशक्ति उत्पादनमा कीप कटिबद्द रहेको बताउनु भयो ।साधारण सभामा सुभकामना मन्तब्य दिदै हिमालयन उद्दार संघ नेपालका अधक्ष्य नरेन्द्र देव भट्ट तथा नाट्टाका उपाध्यक्ष अच्युत गुरागाईले कीपले पर्यटनमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो

साधारण सभाको बन्दसत्रमा महासचिब रामकुमार पुरीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष ऋषि प्रसाद नेपालले संस्थाको बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै सभाबाट सर्बसम्मत पारित भयको थियो ।