पर्वतारोहण संघ ५०औ वर्षमा प्रवेश

स.सम्बाददाता

नेपालको राष्ट्रिय अल्पाइन क्लबको रुपमा स्थापित नेपाल पर्वतारोहण संघ ५०औ वर्षमा प्रवेश गरेको छ । आज संघको नागपोखरी स्थित केन्द्रिय कार्यालयमा स्थापनाको ४९औ जन्म दिबस मनाएको छ ।

संघका प्रमुख सल्लाहकार तथा पूर्ब अध्यक्ष आङ्छिरिङ शेर्पाले संघको प्रांगणमा रहेको संघको झन्डा झन्डोतोलन गर्नुका साथै ४९औ जन्म दिवस लेखिएको केक काट्नु भयको थियो । कार्यक्रमको प्रमुख अतिथि शेर्पाले स्थापना कालदेखि हालसम्म योगदान गर्नु हुने सबैको स्मरण गर्नु हुदै दिगो पर्वतीय पर्यटनको विकास र प्रबर्दनमा लाग्न संघका कर्यर्समिति र सरोकारवालालाई आगह्र गर्नु भयो । नेपालमा मात्र ८ हजार मिटर माथिका १४ वटा हिमाल रहेको भन्दै नेपाल सरकार तथा पर्वतारोहण संघले १४ वटै हिमालको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न लाग्नु पर्ने बताउनुभयो ।

पर्यटन बिभागका निर्देशक युबराज खतिवडाले पर्वतारोहण तथा पर्वतीय पर्यटनको प्रबर्दन तथा विकास गर्न बिभाग पर्वतारोहण संघ संग हातेमालो गर्न तयार रहेको धारणा व्यक्त गर्नु भयो । टानका अध्यक्ष निलहरि बास्तोलाले पर्वतारोहण संघले ५०औ वर्ष प्रवेश गरेको सन्दर्भमा विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा राख्दै  टान सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा कार्यबाहक अध्यक्ष ठाकुर राज पाण्डेले संघ सबैको साझा संस्था भयको भन्दै सबैलाई धन्यवाद दिदै ५०औ बर्ष प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको साधारण सभाको आयोजना नेपालमा गर्न पहल भइरहेको बताउनुभयो ।   

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest