बिदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लैजानुपर्ने

स.सम्बाददाता

पर्यटकहरू पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड)  लैजानुपर्ने भयको छ ।

नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी पदयात्रामा ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर’ (एफआईटी)’ बन्द गरे संगै पदयात्रीले अनिबार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत ट्रेकिङ गाइड लानुपर्ने भयको छ ।

 बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन (पहिलो संशोधन)  निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको जनायको छ ।

नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ । नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो ।

यस विषयमा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेड युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा,उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै  (एफआईटी) बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले जानकारी दिनुभयो । यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्त्वय बनाउन पर्छ भन्ने नै थियो । विभागिय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतीमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको छ । यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्ने छ । डा रेग्मीले यो निर्णय संगै नेपालमा ट्रेकिङ गार्डडहरूको रोजगारी साथै आय समेत बढ्ने बताउनु भयो । पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालमा ट्रेकिङ गर्न आउने कूल पर्यटक मध्ये ३० प्रतिशत एफआइटीवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो । 

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ हजार हाराहारी पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)का रुपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने समेत उहाँले बताउनु भयो । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने छ । सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिनुभयो । यस विषयमा नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ,एअरलाइन्स श्रमिक  युनियन ९युनिट्राभ० लगायतका संस्थाले लामो समय देखि आवाज उठाउदै आएका थिए । बोर्डको यो निर्णय स्वागतयोग्य भएको र यसको सहि कार्यन्वयन हुनुपर्ने युनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बताउनु भयो । अध्यक्ष पराजुलीले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतिय पर्यटनको सुरक्षा चासो समेत सम्बोधन हुने बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest