स.सम्बाददाता
पर्यटन सम्वद्ध संस्थाहरूले शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरूले बजेटमा घोषणा भएका कर तथा भ्याटका दरले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने र पर्यटन क्षेत्र झन् धरासायी हुने बतायका छन् । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान), को संयोजकत्वमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसियशन नेपाल (हान), नेपाल पर्वतारोहण संघ ,नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्ट लगायत डेढ दर्जन पर्यटन संघसंस्था हरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन भयको थियो ।

ट्रेकिङ तथा टुर प्याकेजसम्बन्धी सेवालाई भ्याट लगाउने ,हवाई टिकटमा भ्याट लगाउने,पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोटहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने लगायतका व्यवस्थाका कारण पर्यटकहरुका लागि नेपाल गन्तब्य झन् महँगो हुने र पर्यटकहरु अन्य गन्तव्यमा जाने नाट्टाका अध्यक्ष रमेश थापाले बताय ।

त्यस्तै सरकारले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने गरि राखिएका कर संकलनका लक्ष्य पनि प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले बताए । उनले पर्यटनलाई उद्योगको मान्यता नदिदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण व्याजदर तथा विजुली शुल्क आदिबाट पर्यटन क्षेत्र बञ्चित हुनुपरेको बताए। सरकारको घोषणा गरेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य र पर्यटन दसक योजना असफल हुने जनाएका छन् ।

पर्यटन ब्यबसायीहरुको संयुक्त पत्रकार सम्मलेनलाई समर्थन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ संघठन सम्मीलित विज्ञ समूह बनाएर गहन अध्ययन गरि कम्तिमा १ वर्षपछि मात्रै लागू हुनेगरी करका नयाँ दरहरु लागू गर्न सरकारलाई सुझाव दिएका छन् ।
अर्थतन्त्रमा समेत थप समस्या सृजना हुने भएकाले उक्त निर्णय फिर्ता लिन ब्यबसायीहरुले आग्रह गरेका छन् ।सरकारले ब्यबसायीहरुको आवाज नसुने कडा आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।