रिभर स्पेस एडभेन्चर रिसोर्ट त्रिशुलीको बिशेष प्याकेज

स.सम्बाददाता

त्रिशुली नदीको किनारमा अबस्थित रिभर स्पेस एडभेन्चर रिसोर्टले बिशेष प्याकेज अन्तरिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले बिशेष प्याकेज ल्याएको छ ।

पृथ्बी राजमार्ग मनकामना केवलकार नपुग्दै ५ किलोमीटर आगाडी गोर्खाको बुट्टार त्रिशुली नदि किनारमा रहेको पर्यटक स्तरीय रिभर स्पेस एडभेन्चर रिसोर्टमा बस्नका स्तरीय कोठा,सफारी टेन्ट ,नर्मल टेन्ट सहित करिब १ सय जना सम्मको क्षमता रहेको रिसोर्टका संचालक तेज जर्गाले बतायका छन् । गर्मीको समयमा त्रिसुली नदीको राफ्टीङको मजा लिदै नदीको छाल संग तैरदै मजिम्टार बाट १५ किलोमीटरको जलयात्रा पछी रिसोर्टमा पुग्न सकिन्छ ।

रिसोर्टले मनकामना दर्सन गर्न जाने तिर्थालुहरुलाई जादा र आउदा खानपान र बस्नको लागि उचित व्यवस्था मिलाएको छ ।पर्यटकहरुको रोजाई अनुसार राफ्टिंग,क्याम्पिंग,कयाकिंग र बार बि  क्यु  को समेत सुबिधा रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest