स.सम्बाददाता
११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ३५ जना महिला सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल पर्वतारोहण संघ र सगरमाथा आरोही संघको संयुक्त आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपालीले उनीहरुलाई प्रसंशापत्रसहित सम्मान गरेकी हुन् । ।
सम्मानित हुने महिला आरोहिमा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पा सहित नेत्री बीना मगर, नायिका निशा अधिकारी, पत्रकारद्वय पूर्णिमा श्रेष्ठ, कल्पना महर्जन, कान्छी डोल्मा ह्याल्मो, निशा भोटे, पासाङ ल्हामु शेर्पा ,दाफुटी शेर्पा, भुमिरा गुरुङ, याङ्दी शेर्पा, लाक्पा थाङ्जी शेर्पा, लुक्मी स्याङदेन, पासाङ फुटी शेर्पा र कान्छीमाया तामाङ छन् । यसैगरी युआन्टिका तामाङ, पासाङ ल्हामु शेर्पा, दावा याङजुम शेर्पा, माया गुरुङ, चुनु श्रेष्ठ, छोकी शेर्पा र फुरा दिकी शेर्पा छन् ।
यसैगरी दिक्की शेर्पा, , शैली बस्नेत, नीमा जाङ्मु शेर्पा, छिरिङ न्यामगेल शेर्पा, दावा फुटी शेर्पा, दिकी लामा शेपा, पासाङ कान्छी शेर्पा, शर्मिला लामा, कुमारी ज्ञानमाला रानपल, नानु माया गुरुङ र प्रिती भुसाल पनि सम्मानित भएका छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपालीले उनीहरुलाई प्रसंशापत्रसहित सम्मान गरेकी हुन् । राज्यमन्त्री सिरपालीले नेपालको पर्वतीय पर्यटन र महिला आरोहीको हक हितका लागि सरकारले नीति नियम बनाएर आगाडी बढ्ने बताईन ।
नेपाल पर्वतारोहण संघलाई पर्वतीय पर्यटनको विकासकालागि योजना र कार्यक्रम ल्याउन उनले आग्रह गरेकी छिन् ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पाले पर्वतीय पर्यटनको दिगो विकासका लागि सरकारले ध्यान दिनु पर्ने भन्दै नेपालमा आठ हजार मिटर माथिका १४ हिमाल रहेको र यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सरकार र निजि क्षेत्र लाग्नु पर्ने बताउनुभयो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बास्तोलाले नेपाली महिला आरोहीको सम्मान सहित उनीहरुको उपस्थितिमा बिदेशमा पर्यटन प्रबर्दनका कार्यक्रमको आयोजना गर्नु पर्ने धर्न ब्यक्त गर्नु भयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले संघ थप चुलिहरुको ब्यबस्थापन गर्न सक्षम रहेको भन्दै थप चुलीहरू प्रदान गर्न सरकार संग गर्नु भयको थियो ।