काठमाडौं ।विस्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल मध्य ८ वटा नेपालमा पर्दछन । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ बिश्व कीर्तिमान कायम गरेका छन् ।
३६ वर्षीय पुर्जाले २३ अप्रिलका दिन अन्नपुर्ण हिमाल (८००९१ )मि को सफल आरोहण पश्चात बिस्वका १४ वटा अग्ला हिमाल आरोहन अभियान सुरु गरेका हुन् । चीनको शिशापाङ्मा हिमाल (८०१३ )कार्तिक १२ गते मंगलबार विहान स्थानीय समयअनुसार ८.५८ मा सफल आरोहण गरे संगै उनले किर्तिमान कायम गरेका हुन् । उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।
नेपाल पर्बतारोहण संघले त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्जाको भब्य स्वागत गरेको छ । पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गरेका थिए ।
यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।