स.सम्बाददाता
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङलाई अध्यक्षमा चयन गरेको छ । मंगलबार सम्पन्न तेस्रो अधिवेशनले अन्य पदाधिकारी तथा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा महावीर गुरुङलाई चयन गरेको छ ।
सदस्यहरुमा धनबहादुर गुरुङ, अम्बिर गुरुङ, सञ्जिव गुरुङ, सिम्बिर घले, दिलु गुरुङ, रेनु गुरुङ, विकास गुरुङ र सुनिल गुरुङ चयन हुनुभएको छ ।

कार्यक्रममा विभिन्न पर्यटकीय संघसंस्थाका नब निर्वाचित पदाधिकारीहरुलाई खादा लगाई बधाई तथा शुभकामना दिएको छ। साधारण सभामा पर्यटन क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
डाक्टर ओम गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, वरिष्ठ पर्यटन व्यवसायी ट्रिपल गुरुङ लगायतले जीटीनको कामको प्रशंसा सहित शुभकामना दिनुभयो ।
जीटीनका निवर्तमान अध्यक्ष अम्बिर गुरुङले जीटीनले गर्दै आएको काम र जीटीनको भूमिकाबारे प्रकास पार्दै जीटीन मजदूर कोष स्थापना, कोभिड पिडीत मजदूरलाइ राहत वितरण लगायत थुप्रै काम जीटीनले गरेको बताय।कोभिड्का कारण आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएका कामहरु नयाँ नेतृत्वले पुरा गर्नेमा आफु विश्वस्त रहेको निवर्तमान अध्यक्ष गुरुङले बताय।
नवनिर्वाचित अध्यक्ष पिताम्बर गुरुङले सबैको सल्लाह र सहकार्यमा नेपाली पर्यटन क्षेत्र र गुरुङ पर्यटन व्यवसायीहरुको हक हितका लागि आफुले काम गर्ने बताउनुभयो ।सोही अवसरमा डाक्टर टेक गुरुङले गुरुङ जातिको इतिहासबारे आफ्नो धारणा राख्नु भयो।
दुइ वर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको अधिवेशनमा जीटीनका पूर्व अध्यक्ष कमला गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।