पर्बतारोहण संघको नब निर्बाचित कार्यसमितिबाट पदभार ग्रहण

स.सम्बाददाता –

नेपाल पर्बतारोहण संघको जेस्ठ २७ र २८ गते सम्पन्न निर्बाचनबाट निर्बाचित अध्यक्ष निमानुरु शेर्पा सहितको कार्यसमितिले असार १० गते पदभार ग्रहण गरेको छ ।

बरिस्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आङ दावा शेर्पा,दितीय उपाध्यक्ष दावा यांङ्जुम शेर्पा ,माहासचिब मोहन लम्साल,सचिब धन बहादुर गुरुङ,कोषाध्यक्ष मुक्ति पाण्डे र सदस्यहरु सिंगी लामा,पिताम्बर गुरुङ,राजेन्द्र बहादुर लामा,रामचन्द्र धमला,नामग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा,दिनेश तामाङ्, डोमा शेर्पा, निमा डोमा शेर्पा, आङदावा शेर्पा, किशान गुरूङ,आङ्नोर्बु शेर्पा,तुलसिंह गुरुङ,पासाङ तेन्जिंग शेर्पा,लामा बाबु शेर्पालाई प्रमुख निर्बाचन अधिकृत डा.गोकुलप्रसाद बुर्लाकोटीले सपथ गराए संगै पदभार ग्रहण गरेका छन् ।

कार्यक्रममा निबर्तमान अध्यक्ष सन्तबीर लामाले नब निर्बाचित अध्यक्ष निमानुरु शेर्पालाई केन्द्रीय कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिय भने निबर्तमान महासचिब कुलबहादुर गुरुङले नब  निर्बाचित महासचिब मोहन लम्साललाई सचिबालयको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिय ।तेसैगरी नब निर्बाचित कोषाध्यक्ष मुक्ति पाण्डेलाई निबर्तमान कोषाध्यक्ष सुदर्शन न्यौपानेले साचो हस्तान्तरण गरेका थिय।

सपथग्रहण तथा पदभारग्रहण कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नब निर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्बाचित भयको प्रमाणपत्र प्रदान गर्नु भयको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको पर्वतारोहण तथा पर्वतीय पर्यटन बिकासमा संघले खेल्दै आयको भूमिका प्रसंशनीय रहेको र आफु संघले राखेको माग प्रति सकरात्मक रहेको कुरा व्यक्त गरेका छन् ।

नब निर्बाचित अध्यक्ष निमानुरु शेर्पाले मन्तब्य राख्दै आफु नेपालको पर्वतारोहण तथा पर्वतीय पर्यटन बिकासमा समर्पित रही संघको छविलाई रास्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन लागि पर्ने बताय ।साथै सरकार संग संघलाई थप चुली प्रदान गरि ब्यबस्थापन गर्न दिन माग गर्नु भयो । निबर्तमान अध्यक्ष सन्तबीर लामाले नब निर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिदै कोभिडका कारण सोचे अनुरुप कार्य गर्न नसकेको र कार्यकाल केहि लम्बिन गयको बताय ।          

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest