नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको अध्यक्षमा हरि धरेल

स.सम्बाददाता

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको अधिवेशनबाट हरि प्रसाद धरेल अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । शनिबार काठमाडौंमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

अधिबेशनबाट वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनार बहादुर गुरुङ, मनोनीत उपाध्यक्ष ल्हाक्पा शेर्पा, महासचिव सन्तोष मादेन,सचिब सुजित कँडेल,सचिव सन्जिब गुरुङ,कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो,सह कोषाध्यक्ष प्रणिल मान श्रेष्ठ निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा अशोक लामा,  रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल,  मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्बाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र  सल्लाहकारमा  पि एन अधिकारी मनोनीत गरेको छ । नवनिर्वाचित कार्यसमितिका टिमलाई राखेप पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले खादा लगाएर बधाई ज्ञापन गर्नु भयो । जिबन राम श्रेष्ठले नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनलाई नेपाल ओलम्पिक कमिटीले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest