पर्यटन व्यवसायी अम्बिर गुरुङको ‘गाजली– गाथा’ लोकार्पण

स.सम्बाददाता

एक विशेष समारोहबीच नुवाकोटको तुप्चेमा यही साउन–१९ गते, शुक्रवार पर्यटन व्यवसायी अम्बिर गुरुङको ‘गाजलीगाथा’लोकार्पण भएको छ ।

नुवाकोट–१, का सङ्घीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीको विशेष आतिथ्यतामा सम्पन्न उक्त पुस्तक सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै सांसद तामाङले पुस्तकमा कष्टकर जीवन बिताउने ग्रामीण आमाहरूको यथार्थ चित्रण कोरियको बताउनु भयो । अम्बिर गुरूङले आफ्नो आमाले जिबनमा भोग्नु परेको दुखलाई समाबिस्ट गरेर ‘गाजली गाथा’कृति प्रकाशन गरि समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । अम्बिर गुरुङ अत्यन्तै इमान्दार राजनीतिज्ञ र शालीन समाजसेवीका साथै लेखकीय क्षमता भएका व्यक्तित्त्व भयको पुस्टि भयो उनले भने ।

त्यस्तै डा. सुवेदीले ‘गाजली गाथा’  यथार्थ परक कृति रहेको भन्दै  अम्बिर गुरुङलाई यस्ता खाले अन्य कृति पनि लेख्न उत्प्रेरित गरे ।

प्रा.डा. प्रेम शर्माले , इमान्दार र शालीन अम्बिरले आफ्नो माटो र आमा प्रतिको सदभाब उजागर गर्नुका साथै ग्रामिण आमाले भोगेका भोगाई चित्रण गरेको बताउनुभयो । शर्माले लाम्छाने गुरुङको वंशावली केन्द्रित भएर पुस्तक प्रकाशन गर्न सुझाब दिदै    एउटा पुस्तक पनि हस्तान्तरण गरे ।

पुस्तकबारे परिचर्चा गर्दै माधव घिमिरे ‘अटल’ले कृति सिङ्गो ग्रामीण महिलाको शब्दचित्र भएको बताए ।

कृतिकार अम्बिर गुरुङ ‘गोफ्ले’ले आफ्नी आमाले जिबनमा गरेको संघर्स र आफूले देखेका आमाका भोगाइको सब्दाचित्र ‘गाजली गाथा’मा समेटिएको उल्लेख गरे।

पूर्व सङ्घीय सांसद राममाया बोगटीले गाजली भाउजूले गरेको अविराम सङ्घर्ष अहिलेको पुस्ताका लागि प्रेरणादायी हुने बताइन् ।

कार्यक्रममा पर्यटन व्यवसायी बोधराज भण्डारी,कमल सापकोटा, कुमार थापा, ॠषिराम भण्डारी, शिव लामिछाने, तेज गुरूङ र  पिताम्बर गुरुङले ‘गाजली गाथा’ दुःखी आमाहरूको जीवन्त कथाको उत्कृष्ट अभिलेख भएको मत राखे ।

कार्यक्रममा पूर्व प्रदेश सांसद हीरानाथ खतिवडा, चण्डेश्वरी मा.वि.का प्र.अ हरिप्रसाद रिजाल र सहायक प्र.अ गणेश लामिछाने, कृष्णप्रसाद भण्डारी र चलचित्रकर्मी बिमला केसी, शिक्षक शिवराम भट्टलगायतले शुभकामना मन्तव्य राखेका थिए । गाजलीमायाका ज्येष्ठ सुपुत्र सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा बिसबहादुर गुरूङले गाजलीमायाका सुखदुखबारे परिचर्चा गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest