हिमालयन उद्धार संघ नेपालले उद्दार कार्यलाई प्रभावकारी बनाउने

स.सम्बाददाता

हिमालयन उद्धार संघ नेपालको ४९औं वार्षिक साधारण सभा भाद्र ८ गतसंघका अध्यक्ष डम्बर पराजुलीूको अध्यक्षतामा सम्पन्नभयो ।

बैठकमा अध्यक्ष डम्बर पराजुलीले आफ्ना मन्तब्य ब्यक्त गर्दै संघले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी, सगरमाथा  आधारशिविर स्वास्थ्यशिविर एव ्गोसाइ“कुण्ड स्वास्थ्यशिविर सञ्चालन गर्ने कार्यक्रमहरुलाई निरन्तरताप्रदानगरिने कुरा जानकारी गराउनुभयो ।

 लेक लाग्ने रोगको रोकथामको लागि प्रभावकारी रुपमा सूचना सम्पे्रषणगर्ने उद्धेश्यले होर्डिङ्ग बोर्ड राख्ने, पर्चा हरु छपाई वितरणगर्ने,लेक लाग्ने रोग सम्बन्धी दैनिक कक्षाहरु सञ्चालन गर्ने जस्ता कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनुका साथै गाईड एवम् पर्यटक सहयोगीहरुलाई तामिदिने जस्ताकार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयोे ।

उहा“ले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरुमासंघको कार्यक्रम विस्तार गर्न प्रयास गरिने कुरा पनि जानकारी गराउनुभयो । साथैे हिमालयन उद्धार संघ नेपालले “सफा हिमाल अभियान २०२३” कार्यक्रममा नेपाली आर्मीस“ग पनि सहकार्य गरिएको कुरा अवगत गराउनुभयो ।

नेपालको पर्वतिय पर्यटन क्षेत्रमा हेलिकप्टर उद्धारको नाममा देखिएको विकृति समाप्त पार्न नेपाल सरकार संस्कृति, पर्यटनतथानागरिक उड्डयन मन्त्रालय, पर्यटनविभाग, गृह मन्त्रालय तथा अन्य निकायहरुको समन्यवमा कार्य गर्ने बताउनुभयो ।

साधारणसभा सचिव श्रीरामखत्रीले आ.व. २०७९÷०८०को प्रगतिप्रतिवेदन एवम् आ.व. २०८०÷०८१मा गरिने वार्षिक कार्यक्रम तथा योजनाहरू र कोषाध्यक्ष्  सुशिल कृष्णअधिकारीले आ.व. २०७९÷०८०को लेखा परिक्षणप्रतिवेदन एवम् आ.व. २०८०÷०८१को वार्षिक बजेट बैठकमा प्रस्तुत गर्नु भयो । त्यसैगरी मेडिकलनिर्देशक डा. बुद्धबस्न्यात्ूबाट प्रेसितप्रतिवेदन बैठकमा प्रस्तुतभयो । उपरोक्तप्रतिवेदनहरू, योजनातथाकार्यक्रम र बजेट उपर बैठकमा छलफल पश्चात ्सर्वसहमतिद्वारा पारित भयो ।

४९औँवार्षिक साधारण सभाको दोश्रो सत्रमा  संघको स्वर्ण महोŒसव उद्घाटन कार्यक्रमको संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका  सचिव भरतमणी सुबेदी र पर्यटन  विभागका महानिर्देशक होम प्रसाद लुइटेलले संघ द्वारा प्रकाशित स्मारिका बिमोचन गर्नु भएको थियो  । सो कार्यक्रममा संघलाई अमूल्य सहयोग पु¥याउने संस्थाएवम् व्यक्तिहरुलाई सम्मान गरियको थियो  ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest