काठमाडौं । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै नेपालको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई समेटेर विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने जनाएको छ ।
पत्रकार सम्मेलनमा ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लगिएको जानकारी दिए । पर्यटन प्रबर्दनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उदेश्यका साथ् टुरिजम हिरो अवार्ड द्वारा सम्मान गर्न लागिएको उनले बताए । विवाद रहित ढंगले भोटिंगको माध्यमबाट आगामी अप्रिल १९ मा काठमाडौँमा भब्य कार्यक्रमको आयोजना गरि एक समारोहमा अवार्डस् विजेताहरुलाई अवार्ड ट्रफी हस्तान्तरण गरिने छ ।
कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डमा होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ नोमिनेस आजैबाट खुल्ला गरिएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर नोमिनेसन फाइल गर्न सकिने छ ।
प्राप्त पब्लिक भोटलाई आधार मान्दै सम्मानित जुरिहरुको अन्तिम निर्णयका आधारमा आगामी अप्रिल १९ तारिक विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुने उनले बताए ।
पत्रकार सम्मेलनमा पर्यटन ब्यबसायी तथा जुरी मेम्बर जिम्बा जाङ्बु शेर्पा र राजन सिम्खडाले अन्तर्राष्ट्रिय जगतमा पनि अवार्डको प्रचलन रहेको र नेपालमा पनि पर्यटन क्षेत्रलाई समेटेर अवार्ड कार्यक्रम आयोजना गर्नाले पर्यटन क्षेत्रमा उत्साह जगाउनुका साथै पर्यटन प्रबर्दनमा टेवा पुग्ने बताउनुभयो ।’
अवार्डमा समवेश विधाहरु –
१। बेस्ट ट्राभल एजेन्सि अफ द इअर
२। बेस्ट ट्राभल एजेन्सि अफ द इअर होलिडे
३। बेस्ट ट्राभल एजेन्सि अफ द इअर इनबाउण्ड
४। बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम
५। सिईओ अफ द इअर हस्पिटालिटी
६। सिईओ अफ दि इअर ट्राभल
७। बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर
८। टुरिजम पर्सनालिटी अफ द इअर(जर्नालिस्ट)
९। टुरिजम पर्सनालिटी अफ द इअर ( अन्टरप्रेन्युअर)
१०। टुरिजम पर्सनालिटी अफ द इअर (एनआरएन)
११। टुरिजम पर्सनालिटी अफ द इअर वुमन अन्टरप्रेन्युअर
१२। टुरिजम पर्सनालिटी अफ द इअर ब्राण्डिङ्ग एण्ड मार्केटिङ्ङ्ग
१३। मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर
१४। म्युनिसिपालिटी अफ द इअर १५। रुलर म्युनिसिपालिटी अफ द इअर
१६। मेयर अफ द इअर
१७। टुरिजम हिरो २०२४
होटलतर्फ
१। बेस्ट होटल अफ द इअर फाईभ स्टार
२। बेस्ट होटल अफ द इअर फोर स्टार
घ। बेस्ट होटल अफ द इअर थ्रि स्टार
४। बेस्ट रिसोर्ट अफ द इअर
५। बेस्ट बुटिक होटल अफ द इअर
६। बेस्ट होटल टुरिस्ट स्टाण्डर्ड नन् स्टार
७। बेस्ट चेन होटल अफ द इअर नेशनल
८। बेस्ट होटल अफ द इअर डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर
९। बेस्ट होटल अफ द इअर इको फ्रेण्डली
१०। बेस्ट रेष्टुराँ अफ द इअर
११। बेस्ट चेन रेस्टुराँ अफ द इअर नेशनल
१२। बेस्ट सेफ अफ द इअर नेपाली
१३। बेस्ट सेफ अफ द इअर इन्टरनेशनल
१४। बेस्ट क्यासिनो अफ द इअर