स.सम्बाददाता
नेपालको पर्यटन प्रबर्दन गर्ने उदेस्यका साथ् स्थापना भएको नेपाल पर्यटन बोर्डले उदेस्य प्राप्तिका लागि काम गर्न नसकेको भन्दै व्यापक जनगुनासो र बोर्डको औचित्य माथि नै प्रश्न उठेको छ /
सरकार र निजि क्षेत्रको साझेदार संस्था नेपाल पर्यटन बोर्डको अध्यक्ष पर्यटन मन्त्रालयका सचिब रहने प्राबधान छ भने पर्यटन क्षेत्रबाट उपाध्यक्ष सहित पाच जना सदस्य रहने प्राबधान छ / बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीको कार्यावधि संगै निजि क्षेत्रका तिन जना बोर्ड सदस्यको समयावधि सकिदै छ /
बोर्ड सदस्य (उपाध्यक्ष )चन्द्र रिजाल,ङवाङ निमा शेर्पा र कृष्ण शाहको माघ २० गते समयावधि सकिदै छ / यसै बिचमा पर्यटन मन्त्रि सुदन किरातीले बोर्ड सदस्य छनोटका लागि निजि क्षेत्रका दुइ जना र मन्त्रालयबाट एक जना सह सचिब सहितको सिफारिस समिति बनाएका छन् / निजि क्षेत्र बाट पर्यटन ब्यबसायी ठाकुर राज पाण्डे र पम्फा धमला सिफारिस समितिमा रहेका छन् भने पर्यटन मन्त्रालयका तर्फबाट सह सचिब गोबिन्द बहादुर कार्की रहेका छन् /
पर्यटन ब्यबसायी ठाकुर राज पाण्डे फस्ट इन्भायरोमेन्टल ट्रेकिङ कम्पनीका संचालक तथा नेपाल पर्वतारोहण संघका बरिस्ठ उपाध्यक्ष हुन् भने पम्फा धमला लाङटाङरि ट्रेकिङ कम्पनीका संचालिका तथा नेपाल पर्यटन बोर्डमा २ पटक बोर्ड सदस्य भैसकेकी छन् / सिफारिस समितिले ५ जनाको नाम सिफारिस गर्ने छ भने तिनै ५ जना मध्यबाट पर्यटन मन्त्रीले ३ जना बोर्ड सदस्य नियुक्ति गर्ने छन् /
पर्यटन बोर्डलाई विवाद रहित र पर्यटन प्रबर्दन तर्फ उन्मुख बनाउन बोर्ड सदस्यको महत्वपूर्ण भूमिका रहेन गर्दछ / तिनै बोर्ड सदस्यले प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने भएकाले सक्षम र निजि क्षेत्रको मर्म र भाबना बुझेको व्यक्ति सिफारिस गर्नु पर्ने पर्यटन ब्यबसायीको धारणा छ / सरकारले पर्यटन दशक घोषणा गरेको छ भने ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ /
सिफारिस समितिले नेपाल पर्यटन बोर्डको समस्या समाधान गरि बोर्डलाई पर्यटन प्रबर्दन तर्फ उन्मुख गराउन सक्षम ब्यबसायी सिफारिस गर्नेछ भन्नेमा ब्यबसायी आशावादी बनेका छन् /