स.सम्बाददाता
नेपाल पर्वतारोहण संघ वर्तमान कार्यसमितिले बैधानिकता गुमाइसकेको भन्दै भोलि गर्न लागेको साधारण सभा स्थगित गरि निर्बाचन गराउन तदर्थ समिति गठन गर्न जिल्ला प्रशासन कार्यालयमा निबेदन परेको छ ।
जिल्ला प्रशासन कार्यालयमा तदर्थ समिति गठन गर्न निबर्तमान अध्यक्ष आङछिरिङ शेर्पा,पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पा,पूर्व कोशाध्यक्ष आङकाजी शेर्पा सहित चालिस जना भन्दा बढी आरोही सदस्यहरुले निबेदन दियको बुझिन आयको छ । नेपाल पर्वतारोहण संघको वर्तमान कार्यसमिति मिति २०७४ /४/२१ मा निर्बाचित भै मिति २०७४/५/४ मा सपथग्रहण गरि कार्यभार सम्हालेको कार्यसमिति हो । नेपाल पर्वतारोहण संघको बिधान २०४७ (चौथो संसोधन ,२०७६ ) को परिच्छेद ५ दफा १७ (१) बमोजिम यस कार्यसमितिको कार्यकाल २०७७/५/३ मा समाप्त भैसकेको अबैधानिक कार्यसमितिले गरेको साधारणसभा अबैध हुने भन्दै बर्तमान अवस्थामा निर्बाचन गराउन तदर्थ समिति गठन गर्न माग गरियको छ ।
आफ्नो कार्यकाल समाप्त भैसकेको कार्यसमितिले गरेका सबै निर्णय अबैधैनिक ठहरिने हुदा अबैधानिक कार्यको छानबिन समेत गर्न र तिन महिना भित्र निर्बाचन गराउन अधिकार सम्पन्न तदर्थ समिति गठन गर्न जिल्ला प्रशासन कार्यालयमा माग गरिएको छ ।