टुर गाइडलाई हाईअल्टिच्यूड तालिम प्रदान

टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) सम्बद गाइडलाई हाईअल्टिच्यूड तालिम प्रदान गरियको छ ।हिमालयन उद्दार संघ नेपालले गाइडहरुलाई एक दिने तालिम प्रदान गरेको हो ।

३४ जना टुर गाइडहरुको सहभागिता रहेको उक्त तालिममा हिमालयन उद्दार संघ नेपालका अध्यक्ष नरेन्द्र देव भट्टले हाईअल्टिच्यूड बारे गाइडहरुले जान्नु पर्ने कुरा र अपनाउनु पर्ने साबधानीका बारेमा ज्ञान हुनु जरुरि रहेको बताउनु भयो । गाइडहरुले पर्यटकलाई घुमाउदा नेपाल बारे सहि सूचना दिनु पर्ने भन्दै बिगतमा नेपालबारे नकारात्मक संदेश गएकाले पर्यटनमा असर परेको बताउनु भयो ।

नेपाली युवा युबतीहरु मोटरसाइकलबाट हाईअल्टिच्यूड तिर जादा बिरामी पर्ने गरेको र उनीहरुमा हाईअल्टिच्यूड बारे ज्ञान नहुदा अकालमा मृत्यु समेत हुने गरेको बताउदै हिमालयन उद्दार संघ नेपालले जनचेतना मुलक कार्यक्रम गर्दै आयको जानकारी गराउनु भयो ।

हिमालयन उद्दार संघ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारी र अधिकृत गोबिन्द बस्यालले हाईअल्टिच्यूड र एसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दियका थिय ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest