पर्यटन व्यवसायिलाई मर्यादित बन्न आग्रह, सरकार व्यवसायीसँग हातेमालो गर्न तयार


स.सम्वाददाता–

ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पूष्पकमल दाहालले पर्यटन व्यवसायीलाई अतिथि देवो भवको मर्मलाई बुझेर व्यवसाय गर्न आग्रह गरेका छन् । चाडै धनि बन्ने सोचले व्यवसायिले पर्यटकलाई दुहनु गाई बनाउनु नहुने र उनिहरुलाई सेवाभावले व्यवहार गर्नु पर्ने बताउनु भयो ।

पर्यटनमन्त्रि योगेश भट्टराई सम्बोधन गर्दै


कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले बोल्दै सरकार व्यवसायिसंग हातेमालो गरेर हिड्न तयार रहेको भन्दै पर्यटन क्षेत्रको समग्र सुधारका लागि समयसापेक्ष पर्यटन निति संशोधन गर्न लागिएको बताउनु भयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै पक्ष एकजुट भएर नेपालको सकारात्मक पक्षलाई जोड दिएर प्रर्वद्ननमा लाग्न मन्त्री भट्टराइले आग्रह गर्नु भयो ।
टानको ४१ औ साधारण सभामा बोल्दै टानका निर्वतमान अध्यक्ष नवराज दाहालले ट्रेकिंग व्यवसायिको समस्या प्रति सरकार गम्भीर नभएको भन्दै टिम्सको समस्या समाधान गरी उचित व्यवस्थापन गर्न माग गर्नु भयो । साधारण सभामा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest